• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज १७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

‘सहकारी ठगीको जालो’ : पन्छाउनै नसकिने प्रश्नको प्रस्तुति

विकल्प नहुँदा सेतीबेणीमै वास, बाढीले बनायो उठीबास

नवलपरासी दुर्घटना अपडेट, ६ जनाको मृत्यु, १० जना घाइतेको विवरणसहित

दाउन्ने बस दुर्घटनामा छ जनाको मृत्यु, १० जना घाइते

एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

टर्कीएमा खानी दुर्घटनामा ६ जनाको मृत्यु

राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम

प्रतिनिधिसभाको दोस्रो अधिवेशन : ६२ दिनमा ६८ बैठक

लोकप्रिय समाचार

  • १. प्युठानका खनालको चेन्नईमा मृत्यु

  • २. राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

  • ३. हिमाचल–पञ्जाब सीमामा नेपाली युवकको शङ्कास्पद मृत्यु, ढाबामालिकसहित दुई पक्राउ

  • ४. राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ५. बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

  • ६. नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

  • ७. विष्टका आफन्त भेटिएनन्, मूल प्रवाहसमेतले गर्‍यो दाहसंस्कार

  • ८. राज्यसत्तामा बसेकाहरू नै सहकारी ठगसित मिल्दा सहकारी ऐन बनेन : केसी

  • ९. एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

  • १०. स्मृतीमा मधुकुमार क्षेत्री : कलकत्तादेखि राष्ट्रिय जनमोर्चाको केन्द्रीय नेतृत्वसम्म

मिटरब्याज विरुद्धको आन्दोलनप्रति छ किसान संगठनको ऐक्यबद्धता


  •   सोमबार, भदौ ०६, २०७९ मा प्रकाशित
  • काठमाडौँ । छ किसान सङ्गठनले मिटरब्याजी प्रवृत्तिका विरुद्धको आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरेका छन् ।

    Advertisement

    मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर सङ्घर्ष समितिको आयोजनामा गत तीन हप्तादेखि राजधानीमा आन्दोलन चलिरहेका बेला २०७९ भदौ ६ गते माइतीघर मण्डला पुगी उनीहरूले ऐक्यबद्धता प्रकट गरेका हुन् ।

    एक्यबद्धता प्रकट गर्न अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासङ्घका अध्यक्ष बलराम बासकोटा, अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) का अध्यक्ष सीताराम तामाङ, अखिल नेपाल किसान यूनियनका इन्चार्ज लोकनारायण सुवेदी र अखिल नेपाल प्रगतिशील किसान सङ्घका अध्यक्ष दुर्गाप्रसाद जैसीसहितका नेताहरू माइतीघर मण्डला पुग्नुभएको थियो । सो अवसरमा अप्फा काठमाडौँका अध्यक्ष केबी घलेको पनि उपस्थिति रहेको थियो ।

    कार्यक्रममा उहाँहरूले संयुक्त ऐक्यबद्धता पत्र सार्वजनिक गर्नुभएको थियो । यस्तो छ, ऐक्यबद्धता पत्र :

    “नेपाली जनताको लामो सङ्घर्षको परिणामस्वरूप आज देश गणतन्त्रको युगमा प्रवेश गरेको छ । तथापि विगतका राणाकालीन र पञ्चायत कालीन समयमा जस्तै गरिब किसान र निर्धा, निमुखा जनतामाथि साहु–महाजन र दलाल पुँजीपतिले गर्ने चर्को शोषण कायमै छ । किसानले एकातिर, लघुवित्तको नाममा वित्तीय पुँजीवादी शोषण चर्को रूपमा खेप्नु परिरहेको छ भने अर्कोतिर, मिटरब्याजीले दिनको सयकडा एक रुपियाँका दरले अर्थात एक लाख रुपियाँका लागि दिनको एक हजार रुपियाँ (वार्षिक ३६५ प्रतिशत) को दरले ब्याज असुल्ने गरी ग्रामीण क्षेत्रको सोझासाझा किसानलाई घरवारविहीन बनाउने शोषणको निकृष्टतम र क्रुरतम रूप निर्बाध कायम रहेको र किसान मारमा परिरहेको देखिएको छ ।

    यस स्थितिमा हामी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत माओवादी), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेपाल कम्युनिस्ट पार्टी र नेकपा (माले) निकट छओटा किसान सङ्गठन मिटरब्याजीबाट किसान र आम जनतामाथि भइरहेको यो अन्याय र शोषण विरुद्धको सङ्घर्षमा हार्दिक ऐक्यबद्धता प्रकट गर्दछौँ । साथै, सबै मिटरब्याजीले थोपरेको अन्यायपूर्ण आर्थिक शोषणको अन्त्य गर्दै किसानलाई ऋणमुक्त गरी सबै मिटरब्याजीलाई कडाभन्दा कडा कारबाही गर्न नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौँ । किसानको मागलाई तत्काल सम्बोधन गर्न र किसानको शोषण गर्ने यो मिटरब्याजी प्रथाको समूल अन्त्य गर्न हामी जोडदार माग गर्दछौँ । नगरिएमा हामीसमेत सङ्घर्षको मोर्चामा उत्रिने कुरा पनि यसै ऐक्यबद्धता पत्रमार्फत् सार्वजनिक गर्दछौँ ।”

    सम्झौतामा छओटै सङ्गठनका अध्यक्षको हस्ताक्षर रहेको थियो ।

    गत तीन हप्तादेखि आन्दोलनरत मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर सङ्घर्ष समितिको उक्त आन्दोलनमा अध्यक्ष रामसुरत गुप्ता, उपाध्यक्ष उमाशङ्कर लोनिया, सचिव रामशुभ मुसहरसहितमा १५० भन्दा बढीको सहभागी थियो ।

    अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मीका अनुसार आन्दोलनकारीको मागप्रति सरकार अहिलेसम्म गम्भीर बन्न सकेको छैन ।

    युगदर्शनसित उहाँले भन्नुभयो– ‘गृह मन्त्रालयले कर्मचारीलाई मात्रै राखेर देखावटी रूपमा सरकारले एउटा समिति बनाएको छ । यो कुनै गम्भीर पहलकदमी होइन ।’

    उहाँले मिटरब्याज प्रवृत्ति विरुद्ध योभन्दा सशक्त आन्दोलनको उठान अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

    सोमबार, भदौ ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित
    विकल्प नहुँदा सेतीबेणीमै वास, बाढीले बनायो उठीबास
    नवलपरासी दुर्घटना अपडेट, ६ जनाको मृत्यु, १० जना घाइतेको विवरणसहित
    दाउन्ने बस दुर्घटनामा छ जनाको मृत्यु, १० जना घाइते
    एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली
    टर्कीएमा खानी दुर्घटनामा ६ जनाको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      प्युठानका खनालको चेन्नईमा मृत्यु

    • २.
      राजमो कावा महासचिवमा न्यौपाने नियुक्त

    • ३.
      हिमाचल–पञ्जाब सीमामा नेपाली युवकको शङ्कास्पद मृत्यु, ढाबामालिकसहित दुई पक्राउ

    • ४.
      राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ५.
      बुटवलमा प्रथम राष्ट्रिय जनजातिसभा हुँदै

    • ६.
      नगर सचिव गोबिन्द घर्ती मगर मातृशोकमा

    भर्खरै

    • १.
      बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

    • २.
      ‘सहकारी ठगीको जालो’ : पन्छाउनै नसकिने प्रश्नको प्रस्तुति

    • ३.
      विकल्प नहुँदा सेतीबेणीमै वास, बाढीले बनायो उठीबास

    • ४.
      नवलपरासी दुर्घटना अपडेट, ६ जनाको मृत्यु, १० जना घाइतेको विवरणसहित

    • ५.
      दाउन्ने बस दुर्घटनामा छ जनाको मृत्यु, १० जना घाइते

    • ६.
      एमएलपिडीद्वारा मधु क्षेत्रीप्रति श्रद्धाञ्जली

    • ७.
      टर्कीएमा खानी दुर्घटनामा ६ जनाको मृत्यु

    • ८.
      राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.