• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

पत्रकार छायाचन्द्रको जिउधनको रक्षा गर्न प्रगतिशील पत्रकार संघको आग्रह


  •   सोमबार, भदौ ०६, २०७९ मा प्रकाशित
  • काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घ, नेपालले न्युज अभियान डट कमका सम्पादक छायाचन्द्र भण्डारीको जिउधनको रक्षा गर्न आग्रह गरेको छ ।

    Advertisement

    सङ्घका संयोजक श्यामलाल पोखरेलको हस्ताक्षरमा २०७९ भदौ ६ गते सोमबार जारी प्रेसवक्तव्यमा यस्तो आग्रह गरिएको हो ।

    प्रेसवक्तव्यमा भयरहित वातावरणमा समाचार लेख्ने वातावरण बनाउन तथा पत्रकार छायाचन्द्र भण्डारीलाई ज्यान मार्ने धम्की दिएको सन्दर्भमा निष्पक्ष छानबिनको माग गरी दोषीउपर कारबाहीको माग गरिएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
    “न्युज अयिभान डट कमका संस्थापक सम्पादक छायाचन्द्र भण्डारीलाई प्रहरी एक जना प्रहरी अधिकारीले समाचार लेखेकै आधारमा ज्यान मार्ने धम्की दिएको घटनाप्रति प्रगतिशील पत्रकार सङ्घ, नेपालको ध्यान आकर्षण भएको छ ।

    संविधानमा नै पूर्ण प्रेस स्वतन्त्रता जस्तो अधिकार लिपिबद्ध गरिएको हाम्रो देश नेपालमा एक जना प्रहरी अधिकारीले समाचार लेखेकै भरमा ज्यान मार्ने धम्की दिनु निन्दनीय भएको प्रष्टै छ । समाचारको सम्बन्धमा हुन जाने त्रुटिको नियमन गर्नका लागि अधिकारसम्पन्न नियमनकारी निकाय प्रेस काउन्सिल जस्तो संस्था देशमा क्रियाशील रहिरहेकै अवस्थामा यस खालको घटना घट्नुले समग्र प्रेस जगत् तथा सिङ्गो देशलाई चिन्तित तुल्याएको छ ।

    यस सम्बन्धमा हाम्रो सङ्गठन निम्न विषयमा ध्यान दिन प्रशासनसित अनुरोध गर्दछ :

    १. देशमा निष्पक्ष र भयरहित वातावरणमा समाचार लेख्ने वातावरण कायम गरिनुपर्दछ ।

    २. उपर्युक्त घटनाको निष्पक्ष छानबिन भएर दोषीमाथि कानुनानुसार कारबाही हुनुपर्दछ ।

    ३. पत्रकार छायाचन्द्र भण्डारी र निजका परिवारको जिउधनको रक्षा हुनुपर्दछ ।”

    न्यूज अभियान डट कममा २०७९ साउन २९ गते आइतबार “पद बचाइदिनेको सिफारिसमा आई.जी.पी. सिंहले दिए चुडाललाई दरबारमार्ग वृत्तको जिम्मा” शीर्षकको समाचार प्रकाशन भएको थियो । सोही विषयलाई लिएर नेपाल प्रहरीको दरबार मार्ग वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) कोपिला चुडालले सो अनलाइनका संस्थापक सम्पादक भण्डारीलाई टेलिफोनबाट ज्यान मार्ने धम्की दिएको निजकी पत्नी टुकामाया भण्डारीले जानकारी दिनुभएको थियो । उहाँले यस सम्बन्धमा भदौ ५ गते राष्ट्रिय मानवअधिकार आयोगमा उजुरीसमेत दिनुभएको थियो ।

    पारिवारिक श्रोतका अनुसार डिएसपी चुडालले दरबार मार्ग वृत्तको अफिसियल मोबाइल नम्बर प्रयोग गरी पत्रकार भण्डारीलाई ‘तपाईंका लागि मैले एउटा गोली खर्च गर्न सक्छु । जुनसुकै बेला म तपाईंको ज्यान लिन सक्छु । हेक्का राख्नुहोला’ भनेर धम्की दिएको बताइएको छ ।

    सो धम्कीका कारण पत्रकार भण्डारी लुकेर हिँड्नुपरेको तथा उनका पत्नी र छोरीहरू मानसिक तनावमा रहेको राष्ट्रिय मानव अधिकार आयोगमा प्रस्तुत गरिएको उजुरीमा उल्लेख छ ।

    सोमबार, भदौ ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.