काठमाडौँ । नेपाली काङ्ग्रेसभित्र वैचारिक नेताको रूपमा परिचित प्रदीप गिरीको निधन भएको छ ।
Advertisement
७५ वर्षको उमेरका नेता गिरीको उपचारको क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा २०७९ भदौ ४ गते राती ९ः३६ बजे निधन भएको हो ।
काङ्ग्रेसका नेता तथा गान्धीवादी चिन्तकसमेत रहनुभएका गिरी लामो समयदेखि भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचारपश्चात् केही महिनाअघि मात्र नेपाल फर्किनुभएको थियो ।
घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरी गत ९ साउनमा मेडिसिटी अस्पतालमा भर्ना हुनुभएको थियो ।
अस्पतालमा डा. पङ्कज बर्मन नेतृत्वको चिकित्सक टोली उनको उपचारमा संलग्न रहेको अस्पतालले जानकारी दिएको छ ।