काठमाडौँ । बाँके जिल्ला हात्तीसार केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
Advertisement
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १ बजेर २८ मिनेट जाँदा बाँके जिल्लाको हात्तीसार आसपास केन्द्रविन्दु भएर ४.८ रेक्टरस्केलको भूकम्प गएको हो ।
यो गोरखा भूकम्पको परकम्प नभएको सो केन्द्रले जनाएको छ । उक्त भूकम्पको धक्का पश्चिम नेपालका बाँके, बर्दिया र भारतका विभिन्न भागमा महसुस गरएिको थयिो । (रासस)