बुटवल । राष्ट्रिय जनमोर्चा रुपन्देही–प्युठान सम्पर्क समितिको दोस्रो भेला सम्पन्न भएको छ । राजमो लुम्बिनी प्रदेश कार्यालय चाँदमारीमा २०७९ साउन २८ गते सो भेला सम्पन्न भएको हो ।
भेलाले कृष्ण जिसी अध्यक्ष रहनुभएको रुपन्देही–प्युठान सम्पर्क समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा मनबहादुर सुनार, सचिवमा केशव बुढाथोकी, सहसचिवमा पदम पौडेल र कोषाध्यक्षमा दीपक बस्नेत रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा शङ्कर पोख्रेल, सागरजङ्ग क्षेत्री, दीपक सुवेदी, नन्दप्रसाद पोखरेल, सुशीला पोखरेल, दीपक रोका, वसन्ता आचार्य, जुना भण्डारी, हिमालय पौडेल, रामप्रसाद श्रेष्ठ, सीता थापा र मोहन जिसी रहनुभएको छ ।
भेलाले केपी पोख्रेल, शिव पौडेल, भूपेन्द्र जिसी र पदमबहादुर जिसीलाई सल्लाहकारमा चयन गरेको छ ।
भेलामा राजमो केन्द्रीय सदस्यहरू वासुदेव पोख्रेल, रामकुमार क्षेत्री, राजमो केन्द्रीय सल्लाहकार बद्रे आलम, प्रगतिशील पत्रकार सङ्घका संयोजक श्यामलाल पोख्रेल, कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्यलगायतको आतिथ्य रहनुभएको थियो ।






