• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

गण्डकी ‘कर प्रदेश’ भनेर चिनिन थाल्यो : सांसद पियारी थापा


  •   बुधबार, साउन २५, २०७९ मा प्रकाशित
  • पोखरा । गण्डकी प्रदेश सांसद पियारी थापाले प्रदेश सरकारले अचाक्ली कर बढाएको भन्दै आपत्ति जनाउनुभएको छ ।

    Advertisement

    बुधबार प्रदेश सभाको शून्य समयमा बोल्दै थापाले गण्डकी सरकारले घरजग्गा रजिस्ट्रेसनमा ४०० प्रतिशतसम्म र सवारी साधनमा पनि अचाक्ली कर बढाएको बताउनुभयो ।

    राष्ट्रिय जनमोर्चाका सांसद थापाले महंगी र कर थुपारेर प्रदेश सरकारले जनताको ढाड सेक्ने काम गरेको आरोप लगाउनुभयो ।

    ‘जनता भन्छन् महंगी बढ्यो महंगी घटाउ हामीलाई राहत देउ, सरकार भन्छ महंगी बढेकै छैन । जबकि बजारभाउ हेर्ने हो भने दैनिक उपभोग्य वस्तुको मूल्य किनिनसक्नु छ । सरकारको अनुगमन सयन्त्र नै फितलो छ । विश्वसनीय भएन । जनताको चुलो चौको बल्ने स्थिति भयावह छ’ थापाले भन्नुभयो, ‘सरकारी सयन्त्रको अनुगमनको पनि अनुगमन आवश्यकता देखियो । जनतालाई तत्कालै राहत दिने विषयमा गम्भीर ध्यानाकर्षण होस् ।’

    सांसद थापाले गण्डकी प्रदेश ‘कर प्रदेश’ का रुपमा चिनिन थालेको बताउनुभयो । उहाँले घरजग्गा रजिस्ट्रेसन र सवारी साधनमा बढाइएको कर घटाउन माग गर्नुभयो ।

    सांसद थापाले भन्नुभयो, ‘गण्डकी प्रदेश आज जनताहरु कर प्रदेश भन्न थालेका छन् । हामीले अत्यन्तै मेहनत गरी राखेको गण्डकी प्रदेश आज कर प्रदेशको नामले चिनिन थालेको छ । यो विषय गम्भीर हो । सवारी साधन घर जग्गा रजिस्ट्रेसन शुल्कमा भएको ४०० प्रतिशतभन्दा बढी कर कुनैपनि हालतमा जनपक्षीय हुनसक्दैन । जनताले कर तिर्नुपर्छ राजस्वको मुख्य स्रोत कर हो भनेर जनतामाथिको राज्यको दोहन तत्काल बन्द गरियोस् ।’

    उहाँले चौतर्फी विरोधपछि सवारीसाधनको करमा केही हेरफेर गरिएको भन्दै विरोध आएपछि मात्रै पछि हट्ने होइन यस्ता कदम चाल्नु अघिनै हेक्का पुर्याउनुपर्ने बताउनुभयो ।

    साथै, मूल्यवृद्धि नियन्त्रण र कर समायोजनको विषयमा सरकारले गरेको कार्य संसदलाई जानकारी गराउन पनि माग गर्नुभयो ।

    बुधबार, साउन २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

    • २.
      सुनसरी घटनाको सन्दर्भमा

    • ३.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ४.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ५.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ६.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ७.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ८.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.