काठमाडौं । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–२४ ड्राईपोर्ट परवानीपुर सडक खण्डस्थित बहुअरी चोकबाट सशस्त्र प्रहरीले करीब १४४ केजी गाँजा बरामद गरेको छ।
Advertisement
सो ठाउँमा रोकी राखेको यूपी ७५ एम ४०८९ नम्बरको भारतीय ट्रकबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको गस्ती टोलीले उल्लेखित गाँजा बरामद गरेको हो।
सशस्त्र प्रहरीले सो गाडीमा शंका लागि जाँच गर्दा हुटमा लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित परिमाणको गाँजाको १० वटा प्याकेट फेला परेपछि गाँजासहित उक्त ट्रक नियन्त्रणमा लिइएको जनाएको छ।
बरामद गाँजा र ट्रक जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ।