काठमाडौं । काठमाडौंको फोहोर बोकेर बञ्चरेडाँडा ल्यान्डफिल साइट गएका गाडीमा तोडफोड भएको छ ।
Advertisement
१५ टिप्पर, २ वटा लोडर र एउटा स्काभेटरमा तोडफोड भएको जानकारी आएको काठमाडौं महानगरपालिकाले जनाएको छ । तोडफोड कसले गर्यो भन्ने जानकारी नआएको र प्रहरीले अनुसन्धान थालेको महानगरको भनाई छ ।
सोमबार दिउँसो धुनवेशी गाउँपालिकाका स्थानीयले सडक मर्मत हुनपर्ने भन्दै आन्दोलन गरेका थिए । महानगरपालिकाले बल प्रयोग गरेर बञ्चरेडाँडामा ४० टिपर फोहोर विसर्जन गराएको थियो ।
राति अबेर भएपछि फोहोर बोकेका टिपर सशस्त्र प्रहरीको बेस क्याम्प नजिकै रहेको क्षेत्रमा पार्किङ गरेर राखिएका थिए। पार्किङ गरेर राखिएका गाडीमा राति अज्ञात समूहले तोडफोड गरेको हो।