कञ्चनपुर । अखिल नेपाल महिला संघ, कञ्चनपुरको अध्यक्षमा रमा नेपाली चयन हुनुभएको छ । सोमबार सम्पन्न संघको जिल्ला भेलाले नेपालीको अध्यक्षतामा जिल्ला समिति पुनर्गठन गरेको हो ।
Advertisement
११ सदस्यीय समितिको उपाध्यक्षमा क्रान्ती चौधरी, सचिव नन्दा कुमारी भट्ट, सहसचिव हरिना भण्डारी रकोषाध्यक्ष कलावती चौधरी चयन हुनुभएको छ ।
सदस्यहरुमा आशा चौधरी, गौरी लुहार, पुजा चौधरी रहनुभएको छ भने तीन स्थान हाल रिक्त राखिएको छ ।
कार्यक्रममा संघका केन्द्रीय सदस्य एवम् नवनिर्वाचित जिल्ला अध्यक्ष रमा नेपाली, राष्ट्रिय जनमोर्चाका सुदूरपश्चिम प्रदेश सचिव राजाराम चौधरी र राजमो जिल्ला अध्यक्ष राम बहादुर कार्कीले समसामयिक विषयमा धारणा राख्नुभएको थियो ।