• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्रतिगमन विरोधी पाँचदलीय सहकार्य आगामी चुनावमा पनि आवश्यक : राजमो


  •   आइतबार, साउन २२, २०७९ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले प्रतिगमनको विरुद्धका गठित पाँचदलीय सहकार्य आगामी प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा पनि आवश्यक रहेको बताएको छ ।

    Advertisement

    अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०७९ साउन २२ गते जारी प्रेसवक्तव्यमा राजमोको यस्तो अवधारणा सार्वजनिक भएको हो ।

    प्रेसवक्तव्यमा सरकारद्वारा मङ्सिर ४ गतेको मितिमा चुनाव घोषणा गरेकोमा स्वागत गरेको छ भने उक्त चुनावमा प्रतिगमन विरोधी मोर्चाको रूपमा पाँचदलीय सहकार्य आवश्यक रहेको र त्यसका लागि गत चुनाव भएका कमी–कमजोरीमा सुधार गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।

    राजमोका लागि चुनावमा जितहारले भन्दा पनि प्रतिगमन विरुद्धको सङ्घर्षले महत्त्व राख्ने बताउँदै यदि उम्मेदवारको बारेमा सहमति नभए राजमो एक्लै चुनाव लड्न सक्ने बताइएको छ ।

    यस्तो छ, अध्यक्ष केसीद्वारा जारी प्रेसवक्तव्यको पूर्ण पाठ :
    “सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेशसभाका चुनाव गर्ने भनी गरेको घोषणालाई हामो पार्टी राष्ट्रिय जनमोर्चाले स्वागत गर्दछ । चुनावलाई निष्पक्ष, धाँधलीरहित र मितव्ययी बनाउन सकेमा मात्र त्यसको परिणाम सन्तोषजनक हुने छ । विगतमा भएका कतिपय चुनाव र गत चुनावमा पनि पैसाको व्यापक दुरूपयोग, मतदाताको खरिदबिक्री तथा धाँधलीपूर्ण हुने जस्ता घटना भएमा वा विगतका चुनावका गल्ती र कमजोरी पुनः दोहोरिएमा चुनावको परिणाम सन्तोषजनक नरहने कुरा स्पष्ट छ । यदि त्यसो भयो भने त्यसले देशको राजनीतिमा गम्भीर र नकारात्मक प्रभाव पार्ने छ । त्यसो हुन नदिनका लागि विगतका कमजोरी र अनियमिततालाई रोक्न निर्वाचन आयोग र सरकारले समेत प्रभावकारी भूमिका खेल्नुपर्नेमा हामीले जोड दिन्छौँ ।

    देशमा अहिले पनि प्रतिगमनको गम्भीर खतरा रहेकाले त्यसका विरुद्ध सङ्घर्षमा रहेका शक्तिबिच आगामी चुनावमा समेत तालमेल गरिनुपर्दछ भन्ने हाम्रो पार्टीको दृढ मत रहेको छ । देशमा प्रतिगामी राजनीतिलाई स्थापित गर्नका लागि राजावादीहरूले लामो समयदेखि अभियान चलाउँदै आएका छन् तर उनीहरू एक्लैको बलले त्यस प्रकारको उद्देश्य पूरा नहुने भएकाले उनीहरूले देशलाई प्रतिगमनको दिशातिर लैजाने अन्य शक्तिको समेत आड लिने प्रयत्न गर्दै आएका छन् । ओली नेतृत्वको एमालेले प्रतिगमनको दिशामा आफ्ना गतिविधि बढाउँदै लगेकाले राजावादीहरूले त्यसलाई समर्थन गर्न थालेका छन् । राजावादीहरूको राजतन्त्र र हिन्दु राज्य स्थापना गर्ने उद्देश्यलाई भारतका कट्टर हिन्दुवादी शासकहरूले पनि समर्थन जनाउँदै आएका छन् । त्यो सन्दर्भमा एमालेले धर्मका साथै राष्ट्रियतालाई पनि मुद्दा बनाएर आगामी चुनाव लड्ने नीति लिएको भन्ने कुरा सार्वजनिक भएको छ । यसबाट ओलीले प्रतिगमनको दिशा लिएको हाम्रो विश्लेषण सही भएको पुष्टि हुन गएको छ । त्यसरी धर्म निरपेक्षताको ठाउँमा हिन्दु राज्य र गणतन्त्रको ठाउँमा राजतन्त्र स्थापना गर्ने राजावादीहरूको उद्देश्यलाई ओलीको प्रतिगामी राजनीतिले मदत गरेकाले नै राजावादीहरूले ओलीलाई समर्थन गरेको कुरामा कुनै शङ्का रहन्न । आगामी चुनावमा प्रतिगामी पक्षको विजय भएमा उनीहरूले देशलाई प्रतिगमनको दिशामा लैजानको साथै जनताका आन्दोलनका उपलब्धि समाप्त भएर जाने कुरा निश्चित छ ।

    एमालेको राष्ट्रियताको मुद्दा कृत्रिम भएको कुरा स्पष्ट छ । एमसिसी र नागरिकता विधेयकमा एमालेको पूरा समर्थन रहेकाले नै ती दुवै कुरा संसद्बाट पारित हुँदा त्यसले कुनै भूमिका खेलेको थिएन वा संसदमा मौन रहेको थियो । लिपुलेक, लिम्पियाधुरा नेपालको नक्सामा सामेलगरी चुच्चे नक्सा पारित गर्नका लागि देशमा पहिलेदेखि नै सङ्घर्ष र आन्दोलन हुँदै आएका थिए । जनताको दबाबका कारणले आफ्नो सरकार भएको बेलामा ओली त्यो चुच्चे नक्सा पारित गर्न बाध्य भएको भए पनि उक्त चुच्चे नक्सा सामेल गरिएको पाठ्यक्रम प्रकाशन गर्न उनीहरूले लगाएको रोकबाट उनीहरूको राष्ट्रियताको मुद्दा कृत्रिम भएको कुरा प्रष्ट छ ।

    विगतमा ओलीले संसद्का विरुद्ध अपनाएका नीति, संविधानको उल्लङ्घन, सर्वोच्चको फैसलाको उल्लङ्घन र संसद् पुनस्र्थापना भइसकेपछि पनि संसद्मा गरेको अवरोध तथा राजावादीहरूले गणतन्त्र र धर्म निरपेक्षताका विरुद्ध चलाउँदै आएको अभियानलाई विचार गर्दा देशमा प्रतिगमनको खतरा गम्भीर भएको कुरामा शङ्का छैन । त्यो स्थितिमा त्यसलाई पराजित गर्नु अहिलेको राष्ट्रिय आवश्यकता बन्न गएको छ । उक्त राष्ट्रिय आवश्यकतालाई पूरा गर्न पाँच दलका बिचमा प्रतिगमन विरोधी एकतालाई निरन्तरता दिनुपर्ने आवश्यकता छ । आगामी चुनावलाई त्यही आन्दोलनको एउटा रूपमा लिएर पाँच दलबिच चुनावी तालमेल हुनपर्छ भन्ने हामो मत रहेको छ ।

    हामीले अहिले चुनावी तालमेल गरेका पक्षसित हाम्रा गम्भीर मतभेद रहेको कुरा स्पष्ट गर्दै आएका छौँ । सङ्घीयता, एमसिसी, नागरिकता विधेयकमा हाम्राबिचमा तीव्र मतभेद छन् तर पनि प्रतिगमनको विषयमा उनीहरूसँग हाम्रो सहकार्य हुँदै आएको छ । हाम्रो त्यो नीति विरोधीहरूसित विरोधका बिचबाट गरिने सहकार्य हामीले अपनाउँदै आएको कार्यनीति हो, जुन सही र वस्तुनिष्ठ रहेको छ ।
    हामीले मुख्यगरी पाँचदलीय चुनावी तालमेल हुनुपर्छ भन्नेमा नै जोड दिन्छौँ । राजावादी र एमालेसित हाम्रो कुनै पनि चुनावी तालमेल हुने छैन । चुनावी तालमेलमा पाँच दलबिच विगतमा देखिएका कतिपय असमझदारी, इमान्दारिताको अभाव, स्वीकृत नीति विपरीतका कार्य भएमा वा त्यस प्रकारको अवस्था आएमा हामीले एक्लै पनि चुनाव लड्ने छौँ । हामीले त्यस प्रकारले आफ्नो तयारीलाई पनि अगाडि बढाएका छौँ । चुनावमा जित र हारको प्रश्नलाई भन्दा नीति र राजनीतिलाई नै हामीले महत्त्व दिने गर्दछौँ । आगामी चुनावमा पनि त्यही प्रकारले हामी अगाडि बढ्ने छौँ । राष्ट्रिय जनमोर्चाले इमानदारितापूर्वक देश र जनताको पक्षमा भूमिका खेल्दै आएको गौरवपूर्ण इतिहास छ । त्यसैले त्यसलाई जनताको समर्थन र विश्वास प्राप्त हुने छ भन्ने हामीले विश्वास गरेका छौँ ।

    अन्तमा, पाँच दलभित्रका अन्य पक्षसित हाम्रा गम्भीर प्रकारका मतभेद भए पनि वा चुनावी तालमेलको बेलामा कतिपय प्रश्नमा उनीहरूमा इमान्दारिताको कमी देखिएको भए पनि अहिले देशमा देखा परेको गम्भीर प्रकारको प्रतिगमनको खतरा र त्यसलाई निर्णायक रूपले पराजित गर्नुपर्ने आवश्यकतामाथि ध्यान दिँदै पाँचदलीय चुनावी तालमेललाई सफल पार्नका लागि हामीले पूरा प्रयत्न गर्ने छौँ ।”

    आइतबार, साउन २२, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.