• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

भारतको नेपालमाथि हस्तक्षेप योजनाबद्ध : केसी


  •   शनिबार, साउन २१, २०७९ मा प्रकाशित
  • श्यामलाल पोखरेल, बुटवल ।
    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतले नेपालमाथि योजनाबद्ध रुपमा हस्तक्षेप गरिरहेको बताउनुभएको छ । नेपालको भूगोलमा मूल बाटो बनाएको उल्लेख गर्दै केसीले भारतले नेपालको कहिल्यै हित नचाहेको बताउनुभयो ।

    Advertisement

    अखिल नेपाल आदिवासी जनजाती सम्मेलन रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको २८ औं विश्व आदिवासी दिवस कार्यक्रममा बोल्दै अध्यक्ष केसीले भारतले सधैँभर अस्थिर बनाएर नेपाललाई आफ्नो अनुकुलमा चलाउने योजना रहेको स्पष्ट पार्नुभयो ।

    भारतीय जनतासँग कुनै गुनासो नभएको बताउँदै केसीले तर भारतीय शासकबाट नेपाल असुरक्षित रहेको बताउनुभयो । नेपाली भूमि भारतले अतिक्रमण गर्दा पनि राज्य बोल्न नसकेको उहाँको आरोप थियो ।

    भारतलगायत विदेशी शक्तिहरुसँग सम्झौताहीन संघर्ष गर्नुपर्नेमा केसीले जोड दिनुभयो । उहाँले देशको अश्मिता जोगाउन देशभक्त शक्तिले कुरा बुझ्न जरुरी रहेको तर्क पनि गर्नुभयो ।

    बहुदलीय व्यवस्था आएपछि युरोपियन युनियनले नेपालमा जातीय मुद्दा उठाएर जातजातीमा विभाजन ल्याएर जबरजस्त संघीयता घुसाइदिएको भन्दै अध्यक्ष केसी भन्नुभयो, ‘त्यसको विरोध सडकदेखि सदनसम्म राष्ट्रिय जनमोर्चाले मात्रै गरेको छ ।

    पूर्व उपप्रधानमन्त्रीसमेत रहेका केसीले संघीयता, एमसीसी, एसपीपी, नागरिकता विधेयक, विभिन्न कालखण्डमा भएका असमान सन्धिसम्झौता खारेज नहुँदासम्म नेपाल स्वतन्त्र देश बन्न नसक्ने स्पष्ट पार्नुभयो ।

    उहाँले भारतलगायत साम्राज्यवादी शक्तिहरुसँग झुके नेपाल संकटमा पर्ने बताउँदै विदेशी हस्तक्षेपसँग संघर्ष गर्नुको विकल्पै छैन भन्नुभयो ।
    जातीय र क्षेत्रीय राजनीतिबाट नेपाललाई मुक्त गर्नुपर्नेमा उहाँको जोड थियो ।

    नेपालमा आदिवासी जनजाति कोहो भनेर छुट्टाउनका लागि वैज्ञानिक ढंगले खोज अनुसन्धान गर्नुपर्ने पनि बताउनुभयो ।

    कार्यक्रममा वामपन्थी नेता दुर्गानाथ खरेलले जातीय र क्षेत्री मुद्दा हावी हुँदा वर्गीय मुद्दाहरु ओझेलमा परेको बताउँदै कम्युनिष्टहरु वर्गीय मुद्दामा उभिनु पर्ने स्पष्ट पार्नुभयो ।

    जातीय र क्षेत्रीय मुद्दाले समाजका जातजातीमा विभाजन ल्याउने भएकाले आदिवासी जनजाती आन्दोलनलाई वर्गीय मुद्दाका आधारमा अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो ।

    कम्युनिष्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्यले नेपालमा रहेका सबै जातजातीका संस्कृति र संस्कारहरुलाई क्रान्तिकारी रुपान्तरण गर्न जरुरी रहेको बताउनुभयो । समाजको हरेक क्षेत्र, समूदाय र वर्गको उत्थानका लागि नयाँ जनवादी वयवस्था स्थापना हुनुपर्ने र त्यसका लागि वर्गीय मुक्तिको आन्दोलनलाई अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो।

    अखिल नेपाल आदिवासी जनजाती सम्मेलन रुपन्देही अध्यक्ष नारायण पुनको अध्यक्षता, हरि राहाडीको स्वागत र नगेन्द्रराज श्रीनेतको सञ्चालनमा कार्यक्रम भएको थियो ।

    शनिबार, साउन २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.