कपिलवस्तु । राष्ट्रिय जनमोर्चा विजयनगर गाउँपालिकाको भेला सम्पन्न भएको छ । शुक्रबार जुरपाती विद्यालयको प्राङगणमा सम्पन्न भेलाले गाउँसमिति पुनर्गठन गरेको छ ।
गाउँ समितिको अध्यक्षमा गोविन्द परिवार चयन हुनुभएको छ । १७ सदस्यीय गाउँ समितिको उपाध्यक्षमा पतेस्वरी यादव, सचिव त्रिवेणी यादव, सहसचिव भोपाल चौधरी, कोषाध्यक्ष मनीषा कारी, सदस्यहरूान राम समारे धोबी, मन्त्राज यादव, मित्था गदरिया, सूर्य बहादुर जीसी, सारणी बधाइ, पुनम नेपाली, नागराज योगी, तारा मती पासी रहनुभएको छ ।
भेलाले खदेरु पासी, गोपाल सुनार, सुशीला चौधरी र राम भारोसे यादवलाई सल्लाहकार चयन गरेको छ ।
भेलालाई राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार तथा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य केर सिंह अदै र जातीय समता समाजका केन्द्रीय सल्लाहकार दिल बहादुर विकले समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रिय जनमोर्चाको नीत र कार्यक्रमबारे प्रकाश पार्नु भएको थियो ।
भेला पछिको बैठकले वडा कमिटी को बैठक राख्ने, सदस्यता वितरण गर्ने लगायतका निर्णय गरेको छ । भेलाको अध्यक्षता पतेश्वरी यादवले गर्नुभएको थियो ।





