दिनेश रैदास, दाङ ।
अखिल नेपाल महिला सङ्घ घोराही उपमहानगरको नगर भेला सम्पन्न भएको छ । २०७९ साउन १९ गते सो भेला सम्पन्न भएको हो ।
भेलामा महिला सङ्घकी केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष पूर्णिमा आचार्य, अखिल नेपाल युवक सङ्घका पूर्व अध्यक्ष कासिनाथ पोख्रेल, राजमो जिल्ला सदस्य सुशील पोख्रेल, अखिल (छैठौं) जिल्ला कोषध्यक्ष सुनिता आचार्य र अखिल (छैठौं) का दाङ जिल्ला सचिव दिनेश रैदासलगायतले मन्तव्य राख्नुभएको थियो ।
भेलाले १३ पूर्ण, दुई वैकल्पिक गरी १५ जनाको अखिल नेपाल महिला सङ्घ घोराही नगर समिति गठन गरेको छ । समितिको अध्यक्षमा हिरा खनाल, उपाध्यक्षमा देवा पाण्डे, सचिवमा कमला गिरी, सहसचिवमा शारदा रावत र कोषाध्यक्षमा नुमादेवी कालाथोकी रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा पद्मा थापा, सुशीला नेपाली, पुष्पा बस्नेत, माकुरीदेवी नेपाली, कल्पना जिएम, लक्ष्मी खनाल, अमृता रावत , इन्द्रा पुनलगायत चयन हुनु भएको छ भने सल्लाहकारमा लक्ष्मी विक, लक्ष्मी अधिकारी र कान्तिदेवी खड्का नियुक्त हुनुभएको छ ।
नयाँ समितिलाई बधाई तथा शुभकामना सुशीला नेपाली, कान्तिदेवी खड्का, माकुरीदेवी सर्केनी र युगदर्शन साप्ताहिकको व्यवस्थापक हरिकान्त पौडेललगायतले दिनुभएको थियो ।
पद्मा थापाको अध्यक्षतामा सहिदहरूप्रति एक मिनेट मौनधारण गरी हिरा खनालको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सहजीकरण कृष्णा रानाले गर्नुभएको थियो ।
