काठमाडौं । भारतीय सेना प्रमुख मनोज पाण्डे अर्को महिना नेपाल आउने भएका छन् । नेपाली सेनाको ‘मानार्थ महारथी’ को सम्मान ग्रहण गर्न पाण्डे भदौ तेस्रो साता नेपाल आउन लागेका हुन् ।
Advertisement
भारतीय सेनापति पाण्डे भदौ २० देखि २२ गतेसम्म काठमाडौं आउनेगरी भ्रमण तयारी भइरहेको रक्षा मन्त्रालय स्रोतले जनाएको छ । पाण्डे अहिले भुटान भ्रमणमा छन्।
नेपाली सेनाको परमाधिपति समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले पाण्डेलाई नेपाली सेनाको ‘मानार्थ महारथी’ पदबाट विभूषित गर्ने कार्यक्रम छ ।
नेपाल र भारतबीच एक अर्काका सेना प्रमुखलाई ‘मानार्थ महारथी’ को सम्मान दिने अभ्यास छ । नेपालका प्रधानसेनापति प्रभराम शर्मालाई गत वर्ष कात्तिकमा भारतीय सेनाको ‘मानार्थ महारथी’ बाट सम्मान गरिएको थियो ।