• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

बौद्ध पुरातात्विक शहर निर्माणका लागि जनमोर्चाको अभियान, कार्यदल गठन

"अभियानको कुनै धर्मसँग सम्बन्ध छैन : महासचिव भट्ट "

  •   मङ्गलबार, साउन १७, २०७९ मा प्रकाशित
  • श्याम पोख्रेल, बुटवल।
    राष्ट्रिय जनमोर्चाले बौद्ध पुरातात्विक शहर निर्माणका लागि अभियान चलाउने भएको छ । कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीका बौद्ध पुरातात्विक महत्वका स्थानहरुलाई मिलाएर पुरातात्विक शहर निर्माणका लागि अभियान चलाउने राष्ट्रिय जनमोर्चाले बताएको छ ।

    Advertisement

    कपिलवस्तु, रुपन्देही, पश्चिम नवलपरासीमा बौद्धकालिन तथा प्राचीन सभ्यता रहेकाले ति मानवसँग जोडिएका सम्पदालाई जोडेर पुरातात्विक शहर निर्माणको परिकल्पना गरिएको राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जानकारी दिनुभयो ।

    राष्ट्रिय जनमोर्चाले मंगलबार बुटवलमा पत्रकार सम्मेलन आयोजना गरी बौद्ध पुरातात्विक शहर निर्माणबारे जानकारी गराएको छ । पत्रकार सम्मेलनमा बोल्दै महासचिव भट्टले विश्वका बौद्धिष्टहरुका लागि आर्कषण केन्द्र बनाउन सकिने भएकाले अभियान सञ्चालन गरिएको बताउनुभयो ।

    पुरातात्विक शहर निर्माणको अभियान कुनैपनि धर्मसँग नजोडिएको उहाँले स्पष्ट पार्नुभयो । भट्टले भन्नुभयो, ‘बौद्ध पुरातात्विक शहरको निर्माणले पर्यटनको माध्यमबाट आर्थिक विकास र समृद्ध हासिल गर्न सकिन्छ । कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीका विभिन्न स्थानहरुको पुरातात्विक अन्वेषण र संरक्षण गरे ऐतिहासिक ठाउँहरुलाई मिलाएर बौद्ध सम्भयताको एउटा विशाल शहर निर्माण हुन सक्ने सम्भावना छ ।’

    तत्काल बौद्ध पुरातात्विक शहर नभएपनि अहिले परिकल्पना तथा सपना मात्र दखिएको भन्दै यसको निर्माणका लागि आमनागरिक, सरकार, पुरातत्वविद् र सबै सरोकारवालाहरु लाग्नुपर्ने भट्टले बताउनुभयो ।

    बौद्ध सम्भाव्यता शहर निर्माण कार्यदलका सदस्य तथा राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले अहिले पनि कपिलवस्तुमा १३५, रुपन्देहीमा ९९ र नवलपरासीका ४० वटा पुरातात्विक स्थलहरु अन्वेषण र संरक्षण नभएकाले यी सबै स्थानमा उत्खनन गर्दै पुरातात्विक शहरको रुपमा विकास गर्न सकिने बताउनुभयो ।

    त्यस्तै संस्कृतविद् डा. गितु गिरीले १८९५ देखि नेपालमा उत्खनन सुरु हुन थालेपनि अझै पुरातात्विक सम्पदाको संरक्षण हुन नसकेको बताउनु भयो। अहिले त धेरै पुरातात्विक सम्पदाको अन्वेषण नभई हराउन थालेकोप्रति डा गिरीले चिन्ता व्यक्त गर्नुभएको छ ।

    उपप्रध्यापक लिलाबहादुर केसीले मानवसँग सम्बन्धित बौद्धकालिन सम्पदाहरुको उत्खनन् गरी विज्ञान प्रयोगशालाबाट प्रमाणित गर्नुपर्ने र राजनीतिक दलहरुले गम्भीर भएर लागेमा भविष्यमा अहिले कल्पना गरिएको बौद्ध पुरातात्विक शहर निर्माण गर्न सकिने तर्क गर्नुभयो ।

    राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष बद्रे आलमको अध्यक्षतामा कार्यक्रम भएको थियो । बौद्ध पुरातात्विक शहर निर्माणका लागि राष्ट्रिय जनमोर्चाले दुर्गा पौडेल संयोजक पाँच सदस्य रहेको कार्यदल गठन गरेको छ । कार्यदलको सदस्यहरुमा मनोज भट्ट, हिमलाल पुरी, बद्रे आलम र घनश्याम न्यौपाने रहनुभएको छ ।

    मङ्गलबार, साउन १७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे
    कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग
    चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ४.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    • ५.
      कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ७.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • ८.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.