मजनकपुरधाम । महोत्तरीको बर्दिवास नगरपालिकास्थित सिद्धार्थ बैंकको शाखा कार्यालयमा आज (सोमबार) दिउँसो आगलागी भएको छ।
Advertisement
तीन तले भवनको दोस्रो तल्लामा रहेको सिद्धार्थ बैंकको शाखा कार्यालयमा आगलागी भएको हो।
स्थानीयका अनुसार भवनको सबैभन्दा माथिल्लो तलामा अवस्थित जिम हलबाट आगो फैलिएको हो। अहिले प्रहरी र स्थानीयबासीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।