• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मृतकका नाममा सामाजिक सुरक्षा भत्ता वितरण


  •   आइतबार, साउन १५, २०७९ मा प्रकाशित
  • दमौली । तनहुँका अधिकांश स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ । जिल्लाका देवघाट, ऋषिङ, घिरिङ, आँबुखैरेनी, बन्दीपुर तथा म्याग्द गाउँपालिका तथा शुक्लागण्डकी, भानु र भिमाद नगरपालिकाले मृत्यु भइसकेका व्यक्तिका नाममा समेत भत्ता वितरण गरेको पाइएको हो । देवघाट गाउँपालिकामा आव २०७७/७८ मा चार जना मृत्यु भइसकेकामा लाभग्राहीको नाममा रु ४८ हजार १०० भत्ता वितरण भएको छ ।

    Advertisement

    देवघाट–५ का विहारीलाल सापकोटाका नाममा दोस्रो चौमासिकमा रु १२ हजार, सोही वडाका तुलसी सुवेदीको नाममा दोस्रो चौमासिकमा रु १२ हजार, देवघाट–३ का धनमाया पौडेल क्षेत्रीका नाममा दोस्रो चौमासिकमा रु १२ हजार र सोही वडाका अम्मरबहादुर थापाका नाममा तेस्रो चौमासिकमा रु १२ हजार भत्ता वितरण भएको छ । सापकोटाको विसं २०७७ पुस १७, सुवेदीको २०७७ माघ ३०, क्षेत्रीको २०७७ पुस १८ र थापाको २०७७ चैत ४ गते मृत्यु भएको थियो ।

    सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ को दफा १२ मा लाभग्राहीको मृत्यु भएमा मृत्यु दर्ताको सूचना फारामबमोजिम स्थानीय तहको मूल अभिलेखकबाट लगत कट्टा गर्नुपर्ने व्यवस्था छ ।

    ऋषिङ गाउँपालिकामा तीन मृत्यु भइसकेका व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता वितरण भएको छ । वडानं७ का भिमबहादुर दमाईंका नाममा प्रथम चौमासिकमा रु तीन हजार, विष्णुमाया आलेका नाममा प्रथम चौमासिकमा रु नौ हजार, र डिलबहादुर थापाको नाममा प्रथम चौमासिकमा रु ११ हजार, दोस्रो तथा तेस्रो चौमासिकमा रु २४ हजार भत्ता वितरण भएको छ ।

    दमाईको विसं २०७७ असोज २८ गते, आलेको विसं २०७७ भदौ १ गते र थापाको विसं २०७७ साउन १० गते मृत्यु भएको थियो । सामाजिक सुरक्षा नियमावली २०७६ को नियम १३ मा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको मृत्यु भएमा उक्त लाभग्राहीलाई भत्ता पाउने सूचीबाट हटाई मृत्यु भएको दिनदेखि भत्ता दिन रोक्नुपर्ने व्यवस्था भएकामा पालिकाले चौमासिक भत्ता वितरण गर्दा मृत्युपश्चात् पनि भत्ता निकासा गरेको थियो ।

    शुक्लागण्डकी नगरपालिकाले मृत्यु भएका आठ ज्येष्ठ नागरिकको नाममा भत्ता वितरण गरेको छ । शुक्लागण्डकी–१० का केसरी थापालाई तेस्रो चौमासिकको रु चार हजार ५००, दानबहादुर थापालाई तेस्रो चौमासिकको रु तीन हजार, शुक्लागण्डकी–५ का हुमनाथ भण्डारीलाई तेस्रो चौमासिकको रु पाँच हजार, शुक्लागण्डकी–७ का रुपा विकलाई प्रथम चौमासिकको रु तीन हजार, पुुमादेवी विकलाई प्रथम चौमासिकको रु तीन हजार तीन सय, चोलाकुमारी श्रेष्ठलाई प्रथम चौमासिकको रु दुई हजार पाँच सय, उजेली सार्कीलाई प्रथम चौमासिकको रु आठ हजार र नोमलाल बस्याललाई तेस्रो चौमासिकको रु सात हजार सात सय वितरण गरिएको छ ।

    महालेखा परीक्षकको कार्यालयले व्यक्तिको मृत्युपश्चात् पनि भत्ता निकासा गरेकाले उक्त सामाजिक भत्ता असुल गरी सङ्घीय सञ्चित कोषमा दाखिला गर्न निर्देशन दिएको छ । आँबुखैरेनी गाउँपालिकाले सात मृत्यु भइसकेका व्यक्तिका नाममा उक्त भत्ता वितरण गरेको छ ।आँबुखैरेनी–३ का वेदनारायण श्रेष्ठलाई तेस्रो चौमासिकको रु नौ हजार आठ सय, दलबहादुर परियारलाई दोस्रो र तेस्रो चौमासिकको रु सात हजार सात सय ४१, आँबुखैरेनी–५ का जालुमा गुरुङलाई तेस्रो चौमासिकको रु दुई हजार नौ सय, आँबुखैरेनी–४ का रामबहादुर भुजेललाई पहिलो चौमासिकको रु एक हजार आठ सय र दोस्रो चौमासिकको रु एक हजार तीन सय र आँबुखैरेनी–६ का आशबहादुर गुरुङलाई तेस्रो चौमासिकको रु दुई हजार सात सय वितरण गरिएको छ ।

    घिरिङ गाउँपालिकाले आठ जनालाई मृत्यु भएपश्चात् पनि भत्ता वितरण गरेको छ । घिरिङ–३ का गजकेशर थापालाई प्रथम र दोस्रो चौमासिक गरी रु १२ हजार, नरबहादुर कामीलाई तेस्रो चौमासिकको रु नौ हजार, मानबहादुर श्रेष्ठलाई तेस्रो चौमासिकको रु नौ हजार, सेती श्रेष्ठलाई तेस्रो चौमासिकको रु आठ हजार दुई सय, घिरिङ–४ का नरिमाया राना मगरलाई दोस्रो र तेस्रो गरी रु १६ हजार सात सय, लीलबहादुर कुमाललाई दोस्रो चौमासिकको रु तीन हजार सात सय, मोतीराज रानाभाटलाई तेस्रो चौमासिकको रु चार हजार सात सय र घिरिङ–१ का मुक्तिलाल कुमाललाई तेस्रो चौमासिकको रु दुई हजार छ सय वितरण गरिएको छ ।

    त्यसमध्ये गजकेशरको २०७७ कात्तिक २२, नरबहादुरको चैत २५, मानबहादुरको चैत २५, सेतीको २०७८ वैशाख ८, नरिमायाको विसं २०७७ माघ १३, लीलबहादुरको माघ २३, मोतीराजको २०७८ जेठ १३ र मुक्तिलालको असार ४ गते मृत्यु भएको थियो । भिमाद नगरपालिकाले तीन ज्येष्ठ नागरिकको मृत्युपश्चात् पनि भत्ता वितरण गरेको छ । भिमाद–२ का सेती आलेलाई प्रथम चौमासिकको रु पाँच हजार आठ सय, नहलसिं थापालाई प्रथम चौमासिकको रु दुई हजार आठ सय र भिमाद–६ का मनबहादुर विकलाई तेस्रो चौमासिकको रु तीन हजार वितरण गरिएको छ ।

    सेतीको २०७७ असोज २, नलहसिंको कात्तिक २ र मनबहादुरको २०७८ जेठ ३० गते मृत्यु भएको थियो । बन्दीपुर गाउँपालिकाले छ जना मृत्यु भइसकेकाका नाममा भत्ता वितरण गरेको छ । बन्दीपुर–३ का डम्बरबहादुर गुरुङलाई तेस्रो चौमासिकको रु चार हजार पाँच सय, बन्दीपुर–४ का नेप्टिमाया गुरुङलाई तेस्रो चौमासिकको रु पाँच हजार एक सय, रणबहादुर गुरुङलाई तेस्रो चौमासिकको रु दश हजार एक सय, चन्द्रबहादुर विकलाई तेस्रो चौमासिकको रु तीन हजार तीन सय, लीलादेवी अधिकारीलाई तेस्रो चौमासिकको रु आठ हजार चार सय मनबहादुर मगरलाई दोस्रो र तेस्रो चौमासिकको रु १६ हजार एक सय वितरण गरिएको छ ।

    तीमध्ये डम्बरको विसं २०७८ असार १५, नेप्टिमायाको जेठ ९, रणबहादुरको २०७७ चैत १९, चन्द्रबहादुरको २०७८ जेठ २७, लीलादेवीको २०७८ वैशाख ६ र मनबहादुरको २०७७ माघ १९ गते मृत्यु भएको थियो । महालेखा परीक्षकको कार्यालयले मृत्युपश्चात् निकासा भएको भत्ता असुल गरी सङ्घीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने भनेको छ ।

    भानु नगरपालिकाले मृत्यु भएका ११ जनाका नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । भानु–१३ का दिलकुमारी श्रेष्ठको दोस्रो चौमासिक बापतको रु १२ हजार, काली परियारको तेस्रो चौमासिकबापतको रु आठ हजार, जुठी थापाको दोस्रो र तेस्रोबापतको रु २४ हजार, भानु–१ का हर्कबहादुर लामाको दोस्रो चौमासिकबापतको रु १२ हजार, भानु–१२ का हरिबहादुर क्षेत्रीको तेस्रो चौमासिकबापतको रु १२ हजार, राममाया अधिकारीको तेस्रो चौमासिकबापतको रु १२ हजार, प्रेममाया थापाको तेस्रो चौमासिकबापतको रु १२ हजार, विष्णुमाया गुरुङको तेस्रो चौमासिकबापतको रु १२ हजार, भगवती केसीको तेस्रो चौमासिकबापतको रु १२ हजार, भानु–४ का सुकमाया गुरुङको तेस्रो चौमासिकबापतको रु १२ हजार, पशुपतिनाथ ढकालको तेस्रो चौमासिक बापतको रु १२ हजार निकासा गरिएको छ ।(रासस)

    आइतबार, साउन १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.