खिमराज चालिसे, चंडिगढ ।
प्युठान जिल्लाको प्युठान नगरपालिका वडा नम्बर ५ जुम्रिकाँडा सिमका १९ वर्षीय सागर भुसाल साउन ४ गतेदेखि सम्पर्कविहीन भएका छन् ।
अध्ययनको सिलसिलामा दाङको तुलसीपुर उपमहानगर पालिका–७ मा कोठा भाडामा लिएर बस्दै आएका उनी आमाँग एक हजार रुपैयाँ मागेर साइकल मर्मत गर्न भनि गएकोमा हालसम्म घर नफर्केको परिवारले जनाएका छन् ।
सागरको खोजीका लागि परिवारले राष्ट्रिय जनमोर्चासँग आग्रह गरेको छ भने उनी भारत गएको आशंकामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजसँग पनि खोजतलासमा पहल गरिदिन अनुरोध गरेको छ ।
सागर भेटिएमा नेपालमा नजिकको राजमो कार्यालय वा राजमो दाङ जिल्ला अध्यक्ष गणेश आचार्य ९८५१२१०१०९, शुक्र भन्डारी ९८५७८२१७७१ अथवा भारत मा नजिकको मूल प्रवाहको कार्यालय वा श्रीगंगानगर नगर अध्यक्ष गिरु प्रसाद न्यौपाने ९१९४१३५१४६४८, लेखराज भुसाल ९१८३०६९२२१४९ लाई सम्पर्क गरिदिन बुवा लेखराजले आग्रह गर्नुभएको छ ।