काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन्।
Advertisement
बुधबार बिहान साढे ५ बजे विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने सडकखण्डको विश्वकर्मा मन्दिर नजिक बस दुर्घटना भई आगलागी भएको हो।
कञ्चनपुरको बेलौरीबाट काठमाडौं आउँदै गरेको ना५ख ५१०० नंको बस अनियन्त्रित भई सडकबाट उत्तरतर्फ पहाडमा ठोक्किएको प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले जानकारी दिनुभयो । आगलागीबाट यात्रु घाइते भएका हुन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको महर्जनले बताउनुभयो ।
घाइते आठ यात्रुको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज र अन्यको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यी हुन् घाइते यात्रु
