रुपन्देही । ‘राष्ट्रघाती’ नागरिकता विधेयकविरुद्ध राष्ट्रिय जनमोर्चा रुपन्देहीले विरोध कार्यक्रम गरेको छ ।
विरोध सभालाई राष्ट्रिय जनमोर्चाका रुपन्देही जिल्ला अध्यक्ष तथा केन्द्रीय सल्लाहकार बद्रे आलमले सम्बोधन गर्नुभएको थियो ।
सम्बोधनको क्रममा अध्यक्ष आलमले वास्तविक नागरिकलाई नागरिकता दिनु पर्छ तर विदेशबाट आएका बुहारीहरुलाई तत्काल नागरिकता दिन नहुने बताउनु भयो ।
उहाँले प्रतिनिधि सभाबाट पारित राष्ट्रघाती नागरिकता विधयेक खारेज गरिनु पर्ने माग राख्नु भयो । नेता आलमले यदि अहिलेको नागरिकता विधयेक खारेज गरिएन भने वास्तविक नागरिक अल्पमतमा पर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो–‘एमसीसी सम्झौता पारित गरेर नेपाललाई अमेरीकी क्याम्पमा लैजाने प्रयत्न गरियो। यसपीपी सम्झौता गर्न खोजिएपछि मात्र एमसीसी सम्झौताको असलियत थाह भयो ।’
त्यस्तै, अखिल नेपाल महिला संघका रुपन्देही अध्यक्ष तथा केन्द्रीय सदस्य भानु केसी, राजमो जिल्ला सदस्य लिलाराम खनाल, मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका सुदूरपश्चिमाउत्तर क्षेत्रिय समितिका सदस्य आत्मराम न्यौपाने, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य रूकवहादुर पराजुलीले पनि सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन लालचन्द पन्थले गर्नुभएको थियो ।