काठमाडौं । बलात्कार आरोपमा करातेका दुई प्रशिक्षक पक्राउ परेका छन् । पक्राउ पर्ने एमाले निकट नेपाल खेलकुद महासंघका सचिव विनोद राउत र केन्द्रीय सदस्य सुरज सुवेदी रहेका छन् ।
Advertisement
सुनसरी इटहरीकी १९ वर्षीय एक युवतीलाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् । प्रहरीका अनुसार दुवै जनाले युवतीलाई जबर्जस्ती ब्ल्याकमेल गरेर पटकपटक बलात्कार गरेको अभियोग लागेको छ ।
ती युवतीले उनीहरुविरुद्ध किटानी जाहेरी दिएको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरु दुवैजनालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ । दुवै जना विराटनगरका हुन् ।
गत शनिबार पक्राउ परेका उनीहरुलाई म्याद थप गरि अनुसन्धान प्रक्रिया अगाडि बढाएको मोरङ प्रहरीले जनाएको छ ।