दैलेख । दैलेखमा चट्याङले लाग्दा कोदो गोड्न आएका १६ जना घाइते भएका छन् ।
Advertisement
डुङ्गेश्वर गाउँपालिका–२ सेर्माकोट स्थित एक घरमा चट्याङ पर्दा किसानहरु घाइते भएका हुन् ।
चट्याङले लाग्दा १२ जना महिला, ३ पुरुष र १ बालिका गरी १६ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । सबैको अवस्था सामान्य रहेको बताइएको छ ।