• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

तिमीसँग युद्ध गर्ने मन छ…


  •   आइतबार, पुष ०६, २०७६ मा प्रकाशित
  • साथी तिमीसँग, युद्ध गर्ने मन छ…
    युद्ध होइन,
    महायुद्ध गर्ने मन छ
    युद्ध अवश्य हुनेछ !
    निकट भविष्यमा हुने छ
    त्यो हरेक क्षेत्रमा हुनेछ,
    पुर्व…
    पशुपतिनगर र
    कोशीमा हुनेछ,,
    मध्य…
    सुस्ताअनि
    गण्डकमा हुनेछ,
    पश्चिम…
    गड्डाचौकी र
    कालापानी हुनेछ,
    युद्ध अवश्य हुनेछ !

    Advertisement

    ती गोर्खाली जसले
    स्वाभिमान जोगाउन, मातृभूमि बचाउन,
    सीमा सुरक्षाका लागि
    दुश्मनको होस् उडाए,
    तिर कमान र खुकुरीको बलमा,
    चारकोष पर पुर्याए,
    जुन गाथा ब्रम्हाण्डमा
    अहिले पनि जिवीत छ,
    र्इतिहासका पाना जहाँ
    बिरगाथा लेखिएको छ,
    मसी सुकेको छैन…
    वीरताका कारनामा कसैबाट
    लुकेको छैन…
    त्यसैले युद्ध त हुनेछ,
    अवश्य हुनेछ
    हरेक गोर्खालीको
    आनी बानीमा हुनेछ,
    अन्जानमा होइन,
    जानीजानी हुनेछ,
    युद्ध अवश्य हुनेछ !

    मैले सधैं आदर गर्नु पर्ने,
    तिमीले सधैं,
    अनादर गर्नु पर्ने,
    मैले सम्मान गर्नु पर्ने,
    तिमीले अपमान गर्नु पर्ने
    मैले गर्ने आदर…
    तिमले गर्ने अनादर…
    दुईटैको तौल बराबर ?
    मैले गर्ने सम्मान
    तिमीले गर्ने अपमान
    दुईटैको मोल बराबर ?
    त्यो कुरा
    सम्भब हुन्छ कसरी ?
    वास्तबमा तिमीले
    मित्रको अर्थ बुझेनौ,
    मित्रताको परिभाषा बुझेनौ,
    मित्रवत शैली र व्यवहार बुझेनौ,
    खासमा
    तिमीले केही बुझेनौ

    भो ! अब बेला भो !
    मित्रताको अर्थ,
    बुझाउने बेला भो,
    विश्वासघातको
    परिभाषा सिकाउने बेला भो…
    तिम्रा हरेक हस्तक्षेपको,
    हिसाव किताव गर्ने बेला भो,
    इंटको जवाफ, पथ्थरले दिने बेला भो
    अब केवल युद्ध गर्ने बेला भो

    सायद
    तिमी लाई लाग्छ
    परिणाम तिम्रो हातमा छ,
    सारा संसारको बाहुबल
    तिम्रो साथमा छ,

    बास्तवमा… बिचारमा संकीर्णता,
    व्यवहारमा दुष्टता
    कपट अनि छल
    मात्र तिम्रो हातमा छ,
    मलाई थाहा छ
    साम… तिम्रो पक्षमा छ,
    दाम… तिम्रो पक्षमा छ,
    छलछाम…तिम्रो पक्षमा छ,
    असमानताको ब्ल्याक होल
    अनि दण्ड भेद
    सब तिम्रो पक्षमा छ
    त्यसैले
    तिमी लाई लाग्छ
    परिणाम तिम्रो पक्षमा छ,
    यो जरुरी छैन, मित्र
    परिणाम तिम्रो पक्षमा हुनेछ,
    वास्तबमा
    परिणाम
    सत्यको पक्षमा हुनेछ,
    मतलब
    मेरो पक्षमा हुनेछ
    किनकी
    सत्य मेरो पक्षमा छ
    त्यसैले बिजय
    सुनिश्चित छ,
    न्याय, धर्म सब
    हाम्रो पक्षमा छ
    त्यसैले
    युद्ध त हुनेछ
    अवश्य हुनेछ,
    सत्य र असत्यका बिच हुनेछ,
    मान, अपमान,
    न्याय र अन्यायका बिच हुनेछ,
    बिजयी हमेसा सत्यको हुनेछ
    त्यो युद्ध
    जहाँ पराजय तिम्रो हुनेछ
    तिमी जितेर पनि हार्ने छौ,
    त्यतिबेला तिमी एक्लै हुनेछौ,
    गोहीको आसु झार्ने छौ,
    जस्को कुनै अर्थ हुनेछैन,

    जब युद्ध हुनेछ,
    जीत मेरो हुनेछ
    त्यतिबेला
    म जितेर पनि
    तिम्रो अस्मिता खोस्ने छैन,
    जब तिमी हार्ने छौ,
    मरि सकेको
    तिम्रो स्वाभिमानलाई घोच्ने छैन,
    किनकी तिमी जस्तो
    नक्कली पन मसँग छैन,
    तिम्रो जस्तो कपटी मन
    मसँग छैन
    म र तिमीमा त्यही
    एउटा महत्वपूर्ण फरक छ

    केशवनाथ योगी (एकान्त)

    आइतबार, पुष ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल
    ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)
    ओस्कार अवार्डमा ‘तिनीहरू’ प्रस्तावित
    राहत के गर्दैछौ (तिजीगीत)

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.