भक्तपुर । भक्तपुरमा रुखले बस र स्कुटरलाई किच्दा तीन जनाको मृत्यु भएको छ । घटनामा परी अन्य १२ जना घाइते भएका छन् । भक्तपुर नगरपालिका–१ सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्यापेको हो ।
Advertisement
काठमाडौँबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको यात्रुबाहक बस र बा ६१ च नम्बरको स्कुटरलाई सल्लाको रुख ढलेर च्यापेको प्रहरीले जनाएको छ ।
घाइतेहरूको भक्तपुरस्थित इवामुरा अस्पताल र भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल उपचार भइरहेको छ ।
मृत्यु भएका तीनमध्ये एकजनाको सनाखत भएको छ। मृतकमध्ये नितेश खर्वुजाको सनाखत भएको हो। अन्य दुई जनाको सनाखत हुन सकेको छैन ।
प्रहरी र नेपाली सेनाले सडकमा ढलेका रुख हटाइरहेको छ भने च्यापिएका सवारी साधन हटाएर सडक सुचारु गर्ने प्रयास भइरहेको छ ।