दाङ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीले संघीयता खारेजी र राष्ट्रियता रक्षाका लागि ‘संगठन सुदृढीकरण अभियान’ घोषणा गरेको छ ।
Advertisement
सो अभियान अन्तर्गत साउन १५ देखि असोज मसान्तसम्म विभिन्न कार्यक्रम तय गरिएको छ ।
राजमो जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा यही साउन ५ गते घोराहीमा बसेको बैठकले सो निर्णय गरेको विज्ञप्तिमार्फत जनाइएको छ ।
यस्तै, राजमोले पार्टी विरोधि गतिविधिमा लागेका कारण जिल्ला सदस्य तुल बहादुर योगी, सारदा चौधरी र डिलाराम बुढाथोकीलाई पार्टी बाट निस्कासन गरी रिक्त स्थानमा वीरबहादुर चौधरी, दुर्गाप्रसाद भण्डारी, चम्फा भुसाल र सीता पौडेललाई पदपूर्ति गरेको छ ।
