• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जन्मको आधारमा बंशजको नागरिकता दिए नेपाली अल्पमतमा पर्छन् : सांसद पौडेल


  •   शुक्रबार, साउन ०६, २०७९ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य दुर्गा पौडेलले भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

    Advertisement

    शुक्रवार संसद बैठकमा बोल्दै सांसद पौडेलले सरकारलाई यस्तो ध्यानाकर्षण गराउनुभएको हो । उहाँले वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ भन्ने कुरामा दुई मत नभएको भन्दै भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्न नहुने बताउनु भयो ।

    सांसद पौडेलले नेपालीसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्षको प्रावधान राखिनुपर्ने बताउनु भयो । उहाँले विदेशी महिला नेपाली केटासँग विवाह गरेर आउने बित्तिकै नागरिकता दिने प्रावाधान हटाइ सात वर्षको प्रावधान नराखिए अन्यथा राष्ट्रियतामा दूरगामी रुपमा धेरै ठूलो क्षति हुने दाबी गर्नुभयो । सांसद पौडेलले अंगिकृत नागरिकता सिधै प्रदान गर्नु विधिशास्त्र र कुनै सिद्धान्तले नदिने बताउनु भयो ।

    उहाँले कुनैपनि देशले आफ्नो भौगोलिक अवस्था,सीमानाको अवस्था आदिको सर्वपक्ष मूल्याङ्कन गरेर देशको हितमा हुने गरी नागरिकता वितरण गर्ने हरेक देशको आ–आफ्नो प्रचलन रहेको बताउनु भयो । सांसद पौडेलले वंशजको नागरिकता जन्मको आधारमा दिने कुरा गलत हुने बताउनु भयो ।

    उहाँले भन्नुभयो,‘नागरिकता कुनैपनि देशले आफ्नो भौगोलिक अवस्था,सीमानाको अवस्था आदिको सर्वपक्ष मूल्याङ्कन गरेर देशको हितमा हुनेगरी नागरिकता वितरण गर्ने हरेक देशको आ–आफ्नो प्रचलन हुन्छ । त्यसमा विदेशी महिलाहरुले विवाह गरेर आएपछि कति समयमा नागरिकता दिने सबै देशले अलगअलग समय दिएर राखेको अवस्था छ । राष्ट्रिय जनमोर्चाले शुरुदेखि नै नागरिकता राष्ट्रियतासँग जोडिएको कुरा हो,हाम्रो खुल्ला सीमाना छ । नेपालले नागरिकता प्रदान गर्ने विधि कठोर बनाउनुपर्छ फितलो होइन भनेर संविधान सभामा नै संशोधनसहित समर्थन गरेका थियौं । अहिले पनि त्यही कुरा हाम्रो धारणा छ । हाम्रो नागरिकतामा वंशज र अगिकृत जुन छ । त्यो अत्यन्त महत्वपूर्ण कडी हो । वंशजको नागरिकता पुर्खाहरुले लडेर रगत बगाएर वंशजको नागरिकतालाई स्थापित गरेका हुन् । त्यसैले वंशजको नागरिकता जन्मको आधारमा दिनेकुरा गलत हुन्छ । हामीले त्यसरी जानु हुँदैन । जानु हुँदैन भन्ने मेरो संशोधन छ । हाम्रो खुल्ला सीमानामा जन्मको आधारमा नागरिकता दिने हो भने हामी स्वयं नेपाली आफैँ अल्पमतमा पर्नसक्छौं । विशाल ठूला देशको बीचमा सानो देश नेपाल छ । यस्तो देशको भू राजनीतिक अवस्थालाई हेर्दा यस्तो नागरिकता प्रदान गर्ने विधि यो राष्ट्रघाती र आत्माघाति नै हुन्छ भोलि गएर हामीलाई । यो विषयमा सरकारले ध्यान पु¥याउन जरुरी छ भन्ने लाग्छ । विवाह गरेकै आधारमा नागरिकता दिने कुनै विधि शास्त्रिय सिद्धान्तको आधारमा कुनै पनि आधारमा सहि छैन । यस्तो विधि छ भने सभामुख महोदयमार्फत जनताले बुझ्ने गरी सम्बन्धित मन्त्रीले स्पष्ट जवाफ दिन अनुरोध गर्दछु । हाम्रो जस्तो मुलुकको हकमा अगिकृत नागरिकताको पुरानै प्रावाधान छ । पुरानै प्रावाधानलाई अगाडि बढायौं भने पुग्छ । वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ । तर भारतमा चुनाव हारेर नेपालको संसद हुने गरी नागरिकता वितरण गर्नु भएन । यो राष्ट्रियतासँग जोडिएको कुरा छ । वंशजको कुरा अंगिकृतले त्यो पाएको अवस्था छ । हामीले वंशजको नागरिक त्यो नै हुनसक्छ । जसको बुबा र आमा दुवै वंशजका छन् भने त्यो नागरिक वंशजको हुनुपर्छ । एउटा पुस्तान्तरण हुँदै जाँदा पछि पाउने कुरा अलग हो । अगिकृत नागरिकलाई जन्मकै आधारमा वंशजको नागरिकता प्रदान गर्ने विधि कुनै शास्त्रियले पनि दिँदैन । यो कुनै सिद्धान्तले पनि दिँदैन । यो विषयमा हामी गम्भिर हुन जरुरी छ । वंशजको नागरिकता पाउनको लागि बुबा र आमा वंशजको चाहिन्छ । अगिकृत नागरिकता विवाहित महिलाको हकमा ७ वर्षको प्रावाधानलाई कायम राखेरै जानुपर्छ । अन्यथा हामीले यो नागरिकता दिँदै गर्दा देशको राष्ट्रियतासँग जोडिएको कुरा प्रति गम्भिर हुन सकेनौं भने धेरै ठूलो क्षति भोग्नुपर्छ ।’

     

    https://www.facebook.com/111107043602906/videos/545762317339035
    शुक्रबार, साउन ०६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.