काठमाडौं । अमेरिकी सैन्य साझेदारी कार्यक्रम एसपीपीबारे सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराउन सरकारलाई निर्देशन दिनुभएको छ ।
Advertisement
प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा सभामुख सापकोटाले सांसदहरुले उठाएको सो विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै एसपीपीबारे के भइरहेको छ त्यसबारे जानकारी गराउन सरकारलाई निर्देशन दिनुभएको हो ।
उहाँले भन्नुभयो–‘एसपीपी सम्झौताबारे माननीयज्यूहरुले उठाउनु भएको कुरामा मेरो ध्यानाकर्षण भएको छ। त्यससम्बन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयनको अवस्थाबारे जानकारी गराउनुहुन नेपाल सरकारलाई निर्देशन गर्दछु,’।
बिहिबार बसेको प्रतिनिधिसभाको बैठकमा माओवादीका प्रमुख सचेतक देव गुरुङ र एमाले सांसद भीम रावलले एसपीपी कार्यक्रममा सहभागी नहुने मन्त्रिपरिषद बैठकले निर्णय गरेको तर पत्र नलेखेको भन्दै आपत्ति जनाउनु भएकोथियो ।