काठमाडौं । काठमाडौं महानगरपालिकाले एक हप्ता फोहर नउठाउने भएको छ । उपत्यकाको फोहोरमैला विसर्जनस्थल बन्चरेडाँडा स्यानीटरी ल्याण्डफिल साइट जाने सिसडोल स्थित भ्याली–१ को सडक निर्माण कार्य सूचारु गर्न फोहोरमैला विसर्जन गर्न जाने सवारी साधनको आवतजावतले कठिनाई उत्पन्न हुने भएकोले महानगरले एक हप्ता फोहर नउठाउने जनाएको छ ।
Advertisement
महानगरले निर्माण कार्यलाई द्रुत गतिमा सञ्चालन गर्नको लागि उक्त सडक खण्डमा कम्तीमा एक हप्ता सवारी आवागमन बन्द गरिदिन शहरी विकास तथा भवन विभागबाट लेखि आएको बुधबार प्रकाशित सूचनामा जनाएको छ ।
उक्त अवधिसम्म आ–आफ्नो घर पसल व्यवसायबाट उत्पन्न हुने कुहिने र नकुहिने फोहोरलाई सडक, चोक, सार्वजनिक स्थलमा नफाली घर भित्रै छुट्टाछुट्टै राखी दिन पनि महानगरले आग्रह गरेको छ ।