काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लोक सेवा आयोगको परीक्षा लाइभ हुनुपर्ने बताउनुभएको छ ।
Advertisement
स्वतन्त्र रुपमा चुनाव जितेर चर्चित बन्नुभएका मेयर साम्पाङले लोकसेवा परीक्षा पारदर्शी हुनुपर्नेमा जोड दिँदै अन्यथा विश्वास नहुने बताउनुभएको छ ।
मंगलबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मेयर साम्पाङले लेख्नुभएको छ, ‘लोक सेवा आयोगको परीक्षा र अन्तर्वार्ता पनि लाइभ हुनुपर्छ, नत्र विश्वास नहुने देखिन्छ।’
धरानबासीलाई खानेपानी खुवाउने मुख्य एजेन्डासहित चुनावी अभियानमा होमिएका साम्पाङलाई धराने जनताले साथ दिएका थिए । चुनाव जितेपछि पनि सामान्य नागरिक सरह श्रम गर्ने स्वाभावका कारण साम्पाङ चर्चित हुनुहुनन्छ ।