काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभाको उपसभामुख पदमा नेपाली कांग्रेसका सांसद पुष्पा भुसाललाई समर्थन गरेको छ ।
Advertisement
संसदमा बोल्दै राजमो सांसद दुर्गा पौडेलले गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी सांसद भुसाललाई समर्थन गर्ने बताउनुभएको हो ।
लामो समयसम्म खाली रहेको उपसभामुख पद प्रतिनिधिसभाको म्याद सकिने अवस्थामा प्रतिनिधिसभाको बैठकले निर्वाचन गर्दैछ।
संवैधानिक परिषद् बैठकमा बहुमत पुर्याउनकै लागि सरकारले उपसभामुख पदको निर्वाचन गर्न लागेको हो।
उपसभामुख पदमा सत्ता गठबन्धनबाट भुसाल र नेकपा एमालेकी विद्या भट्टराईबीच प्रतिस्पर्धा हुँदैछ।
प्रतिनिधिसभामा सत्ता गठबन्धनका १६० सांसद छन्। उता नेकपा एमालेसँग ९८ जना मात्रै छन्।