• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

हरि


  •   शुक्रबार, असार ३१, २०७९ मा प्रकाशित
  • चुनाव सकिएको छ । हरि जस्तै सबै नेता काठमाडौं फर्किएका छन् । हरि पनि आइसकेका छन् ।

    Advertisement

    मत परिणाम आउन सुरु भइसकेको छ । कतिपय परिणाम अनुमान गरेभन्दा फरक आएको छ । पार्टीको विरासत भत्किएको छ ।

    परिणामले पार्टीलाई चुनौती दिएको छ । लज्जास्पद बनाएको छ । गुमनाम मान्छे चर्चामा आएका छन् । हिजो मिडियाले गन्ती गर्न नचाहेका मान्छेका पछि आज मिडिया आफै धाएका छन् । मिडिया चल्ने आधार यिनै हुन थालेका छन् । उनीहरू आइकन भएका छन् ।

    इतिहास दोहोरिएको छ । विभिन्न मिडियाले शान्ति दाहालका अन्तर्वार्ता लिन थालेका छन् । राजनीतिक पार्टी र नेतृत्वप्रतिको असन्तुष्टि विभिन्न रूपमा प्रष्फुटन भएको छ । शान्ति दाहाल आदर्श पात्र जस्तै भएकी छिन् ।

    चुनाव सकिएसँगै हरि पनि फुर्सदिला भएका छन् । त्यही अँध्यारो कोठामा उनको दिन बित्न थालेको छ । सामाजिक सन्जाल र सञ्चारका विभिन्न साधनले एक्लो महसुस हुन दिएको छैन ।

    चुनावी दौडधुपको थकान अझै मेटिएको छैन तर पनि चुनावभरि झोलामा राख्दै गरेका लुगा धुनुपरेको छ । काठमाडौँमा पानीको समस्या अहिले पनि उस्तै छ । यत्तिकै ओछयानमा पल्टिएका हरि अल्छी मानेका छन् ।

    भर्खरै गाउँबाट फर्किएको भएर होला, हरिको अहिले पनि मन गाउँतिरै छ । खाटमा पल्टिएका हरि टोलाउन थालेका छन् । जन्मिएर हुर्किएको त्यो गाउँ । त्यो बेला र अहिलेको परिस्थितिमा धेरै बदलिएको छ । जुन अवस्था बदल्न हरि जङ्गल पसे, अहिले झनै भयानक भएको छ । विभेद र गरिबी झनै झ्याङ्गिएको छ ।

    जसले हिँजो उनलाई माया गर्दै काखमा खेलाए, माया गर्दै काँधमा राखेर गाउँ डुलाए, अधिकांश ती अहिले गाउँमा भेटिँदैनन् । कोहीले मृत्यु प्राप्त गरिसकेका छन् । कोही बसाइँ सरिसकेका छन् । लाग्छ, गाउँ अब गाउँ रहेन ।

    धेरै दिन बितिसकेको छ । स्थानीय सरकारले आफ्नो आकार ग्रहण गरिसकेको छ । कतै पुरानाकै निरन्तरता कतै नयाँ जोससँगै नयाँ युवाको प्रवेश, सरकारको रङ केही बदलिएको छ । केही नयाँ विकास पनि भएको छ । समाजमा विभिन्न बहानामा जातीय र क्षेत्रीय द्वन्द्व चर्काउनेहरू आगोमा थप्ने घ्युको जोहो गर्दै गर्दा जनताले छुट्टै मतादेश दिएर चुनौती दिएका छन् । काठमाडौँले मधेसलाई काखमा लिएको छ । मधेसले नेवार स्वीकारेको छ । देखाइदिएको छ, “हिमाल पहाड तराई, कोही हैन पराइ ।”

    एकले अर्कोको धोतीको फेरो समाएर, राजनैतिक सिन्डिकेट लगाएर चुनावमा होमिएका राजनैतिक दलका विजयी कुन कसका अवैध सन्तान हुन् ? पत्तो नहुने भएको छ । माओवादीका उम्मेदवार काङ्ग्रेसले जिताएको छ । काङ्ग्रेसका उम्मेद्वार अर्कै पार्टीले जिताइदिएको छ । ती कुन पार्टीका विजेता हुन् ? टुङ्गो छैन । कुन राजनीतिक विचार र दर्शनले निर्देशित हुने ? टुङ्गो छैन । आँपको हाँगामा पलाएको ऐजेरु जस्तो यिनको अवस्था छ । जनताबाट विश्वास गुमाइसकेकै कारण सबै दललाई आफूले आफैलाई विश्वास गर्न सकेका छैनन् ।

    अर्काे संसदीय चुनावमा पनि पक्कै यस्तै अप्राकृतिक गठजोड हुने नै छ । राजनैतिक लाभका लागि सबै दल एउटै हुने छन् । नीति, सिद्धान्त र विचार काङ्ग्रेस–कम्युनिस्ट सबैका एउटै हुने छन् । काङ्ग्रेस र कम्युनिस्ट एउटै दल हुने छन् । चुनाव सकिएपछि मात्रै कोही कसैको नजरमा घोर दक्षिणपन्थी, कोही भयङ्कर क्रान्तिकारी हुने छन् । पार्टी पनि फरक फरक हुने छन् । मन्त्री बाँडफाँट तथा लाभका पद बाँडफाँडका बेला फेरि दल छुट्याइने छ । भाग लगाइने छ ।

    हरिलाई मात्र हैन, सबैलाई अचम्म लागेको छ । सबैले यी खुद्रा पसल चलाउनुभन्दा थोकमै व्यापार गरे त हुन्थ्यो । देशको अवस्था यस्तै छ । जीवनभर राजनीति गरेका हरि जस्तैको बुताले पनि विश्लेषण गर्न नसक्ने भएको छ ।

    विचारको राजनीति सकिएको यस्तो बेलामा सबै कुरा शून्यबाट नकारात्मकतातिर जान थालेको छ । अब समाज नै सकारात्मक कुराभन्दा नकारात्मकतामै रमाउने भएको छ । राम्रा काम गर्ने तथा सफल मान्छेको दिल खोलेर प्रशंसा गरेर लेख्ने, छाप्ने मिडिया भेट्याउन मुस्किलै पर्न थालेका छन् । हत्या, हिंसा र बलात्कार भ्रष्टाचार र व्यभिचारका घटनाका समाचार हेडलाइन हुन थालेका छन् । सबै बिग्री नै सक्यो, देश भड्खालोमै गइसक्यो, अब यहाँ केही हुँदैन जस्ता निराशाजनक खबर हिजोआजका प्रमुख खबर हुने गरेका छन् । यहीँ मिहिनेत गरेर जीविका चलाउने गरेका किसान तथा व्यवसायीसमेत निरुत्साहित हुँदै म्यानपावर अफिस खोज्ने अवस्था बन्दै गएको छ । एउटा सफल होस् या सङ्घर्षरत, उसको समाचार यहाँ छापिँदैन, जसले अरूलाई पनि उत्प्रेरित गरोस् । बिग्रेका र भत्किएका मात्र फोटो खिचेर छापिन्छ यहाँ ।

    फ्री भिसा र फ्री टिकट भन्दै विज्ञापन गरेर युवा धपाउने सरकार, अनि तिनै बन्द बाकसमा फर्किएका युवाको फोटो छापेर भाइरल हुन रुचाउने झोले मिडिया यहाँ छन् । यहाँ झोलेहरूकै बिगबिगी बढेको छ । यहाँ विदेशबाट फर्किएर बाख्रा पालेर ज्यान पालेको युवाको फोटो कमै छापिन्छ । यहीँ कृषि होस् या यस्तै अन्य पेसा गरेर राम्रो जिन्दगी बाँचेको मान्छेको सङ्घर्षको कथा छपिँदैन । कोही यहीँ काम छोड्यो खोरमा एउटा बाख्रा मर्यो भने समाचार भाइरल हुन्छ । अनि, बहस सुरु हुन्छ, यहाँ केही हुँदैन । यहाँ पनि गरे केही हुन्छ, यहाँ पनि सम्भावनाका थुप्रै चाङ छन्, गर्ने हामीले नै हो, हाम्रा लागि हामीले बनाउने हो—सकारात्मक कुराको छपाइ यहाँ हुँदैन । यसको मतलब यहाँ सबै ठिकठाक नै चलेको छ भन्ने पनि होइन ।

    अर्कोतर्फ, देश साँच्चिकै दण्डहीनताको पराकाष्ठा नाघेर अगाडि बढेको छ । राजनीतिक शब्दकोशबाट लाजघिन, सरम जस्ता शब्द हराएका छन् । गरिब किसान सर्वहारा जनताको मुक्तिका लागि भनेर युद्धको उभार ल्याएका कमरेड अहिलेका मन्त्री भएका छन् । त्यही युद्धको उभार ल्याउने कमरेडको टाउकोको बजार मूल्य तोक्ने उतिबेलाका प्रधानमन्त्री अहिले पनि प्रधानमन्त्री नै भएका छन् । राजनीतिले यसरी युटर्न लियो । अहिले उनीहरू नै सरकारमा बसेर आफूअनुकूलका व्यवसायीलाई साक्षी राखेर करका दर निर्धारण गर्दछन् र पनि आफूलाई माक्र्सवादको अनुयायी भन्न पनि लाज मान्दैनन् । आवश्यक परे हात मुठ्ठी पार्दै लालसलाम भन्न पनि छोड्दैनन् । जवाफदेहिता उनको भाषामा पर्दैन । उनी कोही जनताका सेवक होइनन् । राणाकालका शासक हुन् । जनता उनको नजरमा नागरिक भएका छैनन्, मात्र रैती हुन् । संविधानमा जे लेखिए पनि उनको नजरमा सूचनाको हक रैतीका लागि होइन ।

    जनता अझै पनि सचेत हुन सकेनन् । अर्को सचेत भनिएका जनता यिनैका झोले भएका छन् । झोलेहरूलाई यही अवस्था फलदायी भएको छ । सर्वसाधारण अहिले पनि अवैध रूपमा धन कमाउने पसललाई पार्टी सम्झेर यिनकै पछि लाग्न छोडेका छैनन् । सर्वसाधारण अझै पनि आफू नागरिक हो, रैती होइन भन्ने मानसिकताबाट माथि उठ्न सकेनन् ।

    जनता झोलेकै भ्रमको जालमा सधैँ बत्तीको जुनकिरी भइरहे । अब पनि छेपारे नेता र पार्टीको रङ हेर्दै पछि लागे आफ्नै भविष्यमाथि लागेको धमिरो हटाइदिन कोही मसिहा वा देवदूत पक्कै आउने छैन । त्यसैले सचेत तथा भुइँ मान्छे सबै एकत्रित हुँदै यी पैसाका लागि देश बेच्न तयार नालायक पार्टीका नालायक नेतालाई तिनकै सुरक्षा घेराबाट थुतेर जनताको अदालतमा उभ्याउन ढिलो हुने छ ।
    विज्ञान भन्छ, जति दबाइन्छ, त्यति माथि उफ्रिने क्रिया सम्पन्न हुन्छ । अब दबाउने काम चरमसीमामा पुगिसकेको छ । अबको पालो उफ्रिने हो । अब यति उफ्रिऊ कि यी झोले र यिनका नेता पातालमा देखिउन् ।

    हुन त जनताको असन्तुष्टि कुनै न कुनै रूपमा नदेखिएको पनि होइन । दलीय व्यवस्थामा दलको विकल्प नभेट्नु जनताका लागि कष्टकर अवस्था बनेको छ । काङ्ग्रेस छोडेर एमाले, एमाले छोडेर माओवादी सबैलाई जनताले अवसर दिए । विश्वास गरे तर परिणाम सधैँ उस्तै मात्र आयो । जुन जोगी आए पनि कानै चिरेका भन्ने उखान चरितार्थ भयो । दलको विकल्प दल हुनै सकेन । जनता सधैँ तवाबाट उफ्रेर भुङ्ग्रोमा भने जस्तै भए । त्यसैले होला, अहिले केही दलविहीन पात्रलाई सत्ताको साँचो बुझाए । परिणाम भोलिले पक्कै देखाउने छ ।

    संसारलाई नियाल्दा व्यक्तिले चाबी लिँदा धेरै मान्छे तानाशाह बनेका थुप्रै उदाहरण पाइन्छ । होइन भने एक्लो शासक कमजोर हुन्छ । ऊसँग नीति, विचार र सिद्धान्तको कमी हुने गर्दछ, जसले गर्दा गन्तव्य कहाँसम्मको हो ? टुङ्गो नलाग्ने देखिन्छ । जसले गर्दा देश या त अराजकतामा फस्ने, या त अनिर्णयको बन्दी हुँदै तानाशाहको चङ्गुलमा कसिने डर हुन्छ । एकल व्यक्तिले व्यवस्था बदल्ने सम्भावना न्यून हुने गर्दछ, जसले गर्दा अवस्था झनै बिग्रने दर बढेर जान्छ ।

    वर्तमान विश्व राजनीति पुँजीवादकै पोल्टामा गएको छ । नेपाल जस्तो भूराजनीतिक अवस्था भएको देशमा तत्काल सशस्त्र युद्धपश्चात जनवादी सत्ता निर्माणको अवस्था पनि वस्तुगत रूपमा तयार छैन । यो लडाइँ पक्कै पनि आत्मघाती निर्णय हुने छ । अबको एउटै मात्र विकल्प दलीय व्यवस्थासहितको गणतन्त्रात्मक व्यवस्थालाई अझै संस्थागत गर्दै लैजानुको विकल्प देखिँदैन ।

    अब सबैले बुझ्न जरुरी भइसकेको छ । ऐजेरु जस्तै पलाएको सङ्घीयतालाई पूर्ण रूपमा यथाशीघ्र खारेज गर्दै यो दलीय व्यवस्थामा जनमत सधैँ सर्वोपरी हुने हुँदा मत बेच्ने चिज होइन, दान गर्ने बानी बसालौँ, जसले गर्दा दलभित्रैका पनि असल यो देशलाई माया गर्ने र यसको जगेर्ना गर्ने इमान्दार मान्छेले सत्ताको चाबी लिन सकुन् । जनताले पनि आफ्नो मत जाहेर गरेको हो । मत बेचेको हैन भन्दै आत्मसम्मानका साथ आफ्नो मतजाहेरीको परिणाम खोज्ने नैतिक बल कायम राख्न सकुन्, जसले गर्दा जवाफ दिन नेतृत्व सधैँ बाध्य होस् । अनि मात्रै जनताको खबरदारी र नेतृत्वको कुशलता अनि इमानदारिताको विकास हुने छ । देश समृद्धिको बाटोमा लम्किने छ । देशमा यही व्यवस्थाबाट आमूल परिवर्तन सम्भव नभए पनि आधारभूत आवश्यकता पक्कै पूरा हुने छन् । यति धेरै कुरा सोचिसकेपछि हरिको मनमा फेरि पनि गाउँकै तस्बिर आँखाअगाडि आउँछ ।

    मतदान स्थलमा मदिरा सेवन गरी आएको भनेर सुरक्षाकर्मी ले मतदान स्थलबाटै बाहिर पठाएका ती दृश्य सम्झन्छन् । रातभरि फलानो पार्टीले पैसा बाड्दै गर्दा अर्को पार्टीका कार्यकर्तासँग भएका झड्प सम्झिन्छन् ।

    मनमनै भन्छन्– जनता जस्ता छन्, सत्ता उस्तै हुने त हो । विस्तारमा जिउ तन्काउँदै लामो हाई गर्दै शौचालय जान्छन् ।

    आज पनि खाटमा छुटेको मोबाइल उसै गरी बजेको छ । हरि अहिले पनि शौचालयमै छन् । घण्टी निरन्तर बजिरहेको छ । उठाइदिने कोही छैन ।

    शुक्रबार, असार ३१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.