काठमाडौं । श्रीलंकाको संसदका सभामुखले आफूले गोटाबय राजापाक्षेले राष्ट्रपति पदबाट दिएको राजीनामा प्राप्त गरेको बताएका छन्।
Advertisement
जनआन्दोलन चर्किएपछि भागेर सिंगापुर पुगेका श्रीलंकाली राष्ट्रपति गोटाबाय राजापाक्षेले ई–मेलबाट राजीनामा पठाएका हुन्।
श्रीलंकाली संसदका सभामुख यापा अभयवर्धनले पनि प्रधानमन्त्री रनिल विक्रमासिङ्घे देशको अन्तरिम राष्ट्रपति हुने पुष्टि गरेका छन्। उनले आजै शपथ खाने सम्भावना छ।
सभामुखले नयाँ राष्ट्रपति चयनका लागि भोलि जुलाई १६ गतेका लागि संसदको बैठक बोलाइएको जानकारी दिएका छन्।
सभामुखले आन्दोलनकारीलाई शान्ति कायम गर्न अपिल पनि गरेका छन्। यससँगै उनले संसदीय प्रक्रियामा सहभागी हुन सबै सांसदलाई आग्रह गरेका छन्। बीबीसी