बाजुरा । असार २३ गते निर्वाचन भएको बाजुराको बुढीगंगा नगरपालिकामा एमालेले अग्रता लिएको छ ।
निर्वाचन अधिकृतको कार्यालयकाअनुसार मेयरमा नेकपा एमालेका रामबहादुर बानियाँ र उपमेयरमा मायाकुमारी खड्का (कुवँर) करिब दोब्बर मतान्तरले अगाडि छन् ।
३ हजार ९६२ मतगणना हुँदा मेयरमा एमालेका बानियाँले २ हजार ४४३ मतसहित अग्रता बनाएका छन्। उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका रंगबहादुर खातीले १ हजार २९१ मतसहित पछ्याइरहेका छन्।
यस्तै, उपमेयरमा एमालेकी कुवँरले २ हजार ४१७ मतसहित अग्रता कायम राखेकी छन्। उनलाई पछ्याइरहेकी कांग्रेसकी रीता शाहीले १ हजार ३१२ मत ल्याएकी छन्।
अन्तिम परिणाम सार्वजनिक भएका चार वटा वडामा एमालेका उम्मेदवार विजयी भएका छन्। निर्वाचन अधिकृतको कार्यालयकाअनुसार बुढीगंगाका वडा नम्बर १, २, ९ र १० मा एमालेका उम्मेदवार विजयी भएका हुन्।
वडा नम्बर २ मा पदम बहादुर भण्डारी (८३८), वडा नम्बर १ मा रणबहादुर थापा (४१६), वडा नम्बर ९ मा मीनबहादुर सिंह (४९२) र वडा नं १० मा दलबहादुर सावद (५४८) मतसहित विजयी भएका छन् ।
गत वैशाख ३० गते भएको निर्वाचनमा धाँधली भएको भन्दै विवाद भएपछि निर्वाचन आयोगले बुढीगंगा नगरपालिका बिहीबार पुनः मतदान गराएको हो।
कूल ९ हजार १ सय २८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।