टोकिया । गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ ।
Advertisement
जापानको पश्चिमी शहर नारामा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला शुक्रबार बिहान उहाँ माथि गोली प्रहार भएको थियो ।
नारास्थित अस्पतालको सघनकक्षमा उपचाररत उहाँको आज (शुक्रबार) निधन भएको सञ्चार माध्यमले जनाएका छन् ।
गोली लागेपछि उहाँ ढल्नु भयो उहाँलाई उपचारका लागि अस्पताल लगिएको थियो। उहाँलाई पछाडिबाट दुईपटक गोली लागेको थियो।
यसै बीच प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ ।





