• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

प्युठानमा राष्ट्रिय जनमोर्चाको विरोधसभा


  •   आइतबार, असार १९, २०७९ मा प्रकाशित
  • कमल पौडेल, खलङ्गा ।
    राष्ट्रिय जनमोर्चा प्युठानले सदरमुकाम खलङ्गास्थित लोकतान्त्रिक चोकमा विरोधसभा सम्पन्न गरेको छ । महङ्गी, भ्रष्टाचार, महिला हिंसा, कृषिमल, बिउ र पाठ्यपुस्तक अभाव विरुद्ध साङ्केतिक विरोध प्रदर्शन गर्ने केन्द्रीय कार्यक्रमानुसार २०७९ असार १९ गते आइतबार सो कार्यक्रम सम्पन्न भएको हो ।

    Advertisement

    विरोधसभाको प्रमुख अतिथि राजमो लुम्बिनी प्रदेशका अध्यक्ष बोमबहादुर खत्री हुनुहुन्थ्यो । सो अवसरमा सम्बोधन गर्दै उहाँले सरकारले जनताप्रतिको उत्तरदायी व्यवहार गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    ‘महङ्गी नियन्त्रण गर्नु, भ्रष्टाचार निर्मूल पार्नु, महिला हिंसा न्यूनीकरण गर्नु, मल, बिउ र पाठ्यपुस्तकको अभाव समाप्त पार्नु सरकारको सामान्य कर्तव्य हो’ उहाँले भन्नुभयो– ‘सरकार सञ्चालन गर्नेहरू जनताप्रतिको यस्तो कर्तव्यप्रति उदासिन हुन मिल्दैन ।’

    उहाँले प्रतिगमन विरुद्ध सङ्घर्षको क्रममा गठन भएको यो सरकारप्रति राजमोको समर्थन रहे पनि सरकार गैरजिम्मेवार भएको अवस्थामा आफूहरू आन्दोलनमा उत्रिने बताउनुभयो ।

    ‘यो सरकार प्रतिगमन विरुद्धको आन्दोलनको क्रममा गठन भएको हो । अहिले पनि प्रतिगमनको खतरा कायमै रहेकाले यो सरकारलाई हामी अहिले पनि समर्थन गर्दछौँ’ उहाँले भन्नुभयो– ‘त्यसका साथै हामी सरकार देश र जनताको विरुद्धमा जाँदा हामी आन्दोलनमा उत्रन्छौँ ।’

    नेता खत्रीले आफूहरू सरकारमा सामेल नभएकाले सकारका गलत नीतिका विरुद्ध आन्दोलन गर्नु आफूहरूको दायित्व र अधिकार दुवै भएको बताउनुभयो ।

    कार्यक्रममा राजमो नेता तिलक जिसीले सम्बोधन गर्दै महङ्गी र भ्रष्टाचार तत्कालै रोक्न सरकारसित माग गर्नुभयो । उहाँले महिला हिंसा अन्त गर्न तथा मल, बिउ र पाठ्यपुस्तकको अभाव तत्कालै समाप्त गर्न सरकारको ध्यानाकर्षण पनि गराउनुभयो ।

    जिल्ला उपाध्यक्ष इमानसिंह खड्काको अध्यक्षता तथा सचिव विदुर मल्लको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा उपस्थित जनसमुदायलाई सहसचिव लालबहादुर रावतले सम्बोधन गर्नुभएको थियो ।

    आइतबार, असार १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे
    कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग
    चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ४.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    • ५.
      कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

    • ६.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ७.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • ८.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.