• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

निजगढमा पाँच दलका शीर्ष नेताले दिएको सन्देश के हो ?


  •   आइतबार, असार १९, २०७९ मा प्रकाशित
  • काठमाडौं । पाँच दलीय गठबन्धनका शीर्ष नेता शनिबार निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर निरीक्षण गरेका छन् ।

    Advertisement

    प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलसहित मन्त्रीहरु निजगढ पुगेर विमानस्थल निर्माणस्थलबारे जानकारी लिनुभएको हो ।

    त्यस क्रममा प्रधानमन्त्रीलगायत शीर्ष नेताले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे धारणा राख्नुभएको थियो ।

    निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने÷नबन्ने अन्यौलताका बिच सर्वोच्च अदालतले यही असार १५ गते आदेशको पूर्णपाठ दिएको छ । यसअघि १२ जेठमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि भएका सबै निर्णय खारेज गरेको थियो ।

    फैसलाको पूर्णपाठले हालको प्रक्रिया खारेज भएपनि त्यहीँ विमानस्थल बन्नसक्ने बाटो भने खुला गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने भए विज्ञहरुको अध्ययन टोली बनाई कम भन्दा कम वातावरणीय क्षति हुने ठाउँ छनोट गरी निर्माण गर्न आदेश दिएको छ ।

    सोही क्रममा भएको शीर्ष नेताहरुको भ्रमणको सन्देश के हो भनेर हामीले राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलसँग सोधेका थियौँ ।

    पौडेलले युगदर्शनलाई बताए अनुसार निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सरकार तथा गठबन्धनको तर्फबाट आवश्यक सहयोग गर्ने सन्देश दिन शीर्ष नेताहरु त्यहाँ पुगेका हुन् ।

    पौडेलले भन्नुभयो, ‘सर्वोच्च अदालतको फैसलाले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोकेको छैन । खाली कम वातावरणीय क्षति हुनेगरी निर्माण गर्न अदालतले आदेश दिएको हो । त्यसकारण प्रधानमन्त्रीले पनि सम्बोधनका क्रममा सरकारका तर्फबाट सबै सहयोग गर्ने र बाँकी विज्ञहरुले अदालतको आदेशअनुसार कम भन्दा कम वातावरणीय क्षति हुने गरी काम अगाडि बढाउन निर्देशन दिनुभएको छ ।’

    उहाँका अनुसार प्रधानमन्त्रीले दुई रेनवे डिजाइन गरेर काम थाल्न र विमानस्थल क्षेत्रको करिब आठ हजार हेक्टर जमिन विमानस्थलकै नाममा राख्न निर्देशन दिनुभएको छ ।

    निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलमा पाँचै दलका शीर्ष नेताले सम्बोधन गरेका थिए । त्यसक्रममा सम्बोधन गर्दै पौडेलले नेपालमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल आवश्यक रहेको र त्यसका लागि सबैभन्दा उपयुक्त क्षेत्र निजगढ नै रहेको भन्ने विज्ञहरुको सुझाव रहेको उल्लेख गर्नुभयो ।

    उहाँले कुनै पनि विकास निर्माणको काम गर्दा निास पनि हुनसक्ने उल्लेख गर्दै निजगढमा अन्तर्राष्ट्रि विमानस्थल बनाउन पार्टीको तर्फबाट सरकारलाई साथ दिने बताउनुभयो ।

    नेपाली सेनाको हेलिकप्टरमार्फत प्रस्तावित विमानस्थल क्षेत्रको निरीक्षण गरेका प्रधानमन्त्री देउवाले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने काममा अब ढिलासुस्ती नहुने बताउनुभएको थियो ।

    शीर्ष नेताहरुको टोलीले हालसम्म भएका प्रगतिबारे जानकारी लिनुका साथै टोलीले जीतपुर–सिमरा उपमहानगरपालिका, निजगढ र कोल्हबी नगरपालिकाका जनप्रतिनिधिसँग छलफल समेत गरेको थियो ।

    कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठ, वनमन्त्री रामसहाय यादव, खानेपानीमन्त्री उमाकान्त चौधरी, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसमेत सहभागीता थियो ।

    आइतबार, असार १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.