• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नमोटाएको मसालको राजनीतिक उचाइ


  •   आइतबार, असार १९, २०७९ मा प्रकाशित
  • खिमराज चालिसे ##
    नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चा दूरगामी दृष्टिकोण बोकेका परिपक्व राजनीतिक पार्टी भएको कसैबाट लुकेको छैन  । स्थापनाकालदेखि अहिलेसम्मको इतिहास हेर्ने हो भने स्पष्ट छ, राजनैतिक इमानदारिता, स्वच्छ छवि र दूरगामी दृष्टिकोणले सुसज्जित पार्टीको रूपमा नेकपा (मसाल) र त्यसको वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चालार्ई मात्र आम जनताले लिन्छन्  ।

    Advertisement

    कैयन् ठाउँमा जनचासोस्वरूप सुन्ने गरेका छौँ : “नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाको राजनैतिक विश्लेषण सही हुन्छन्  । पार्टी पनि इमानदार छ तर पार्टी मोटाउन सकेन  ।” आम जनसमुदाय मात्र होइन, राजनैतिक विश्लेषकको गफगाफमा यस प्रकारको चर्चा सुन्न पाइन्छ  । यसरी हेर्दा देशमा एउटा ज्युँदो पार्टी, जसले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा सधैँ दूरगामी दृष्टिकोण राख्ने गरेको छ, त्यो नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चा भएको छर्लङ्ग छ तर जनसाधारणको मात्रै होइन, कतिपय राजमो र नेकपा (मसाल) का जनवर्गीय सङ्गठनसँग जोडिएका कार्यकर्ता, समर्थक, शुभचिन्तकसमेतले पार्टीको सही राजनैतिक लाइन भएको स्वीकार गर्दागर्दै पनि पार्टी नमोटाएको अर्थात् ठुलो पार्टी बन्न नसकेको गुनासो गरेको पाइन्छ  ।

    प्रस्तुत लेखमा पार्टी ठुलो हुन नसके पनि देशमा राजनीतिक उचाइ लिएको नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाबारे सङ्क्षिप्तमा केही चर्चा गर्ने प्रयत्न गर्ने छु  ।

    दर्शन तथा नीति
    देशमा नेकपा (मसाल) यस्तो पार्टी हो, जसले माक्र्सवादको आधारभूत सिद्धान्त वर्गसङ्घर्ष र सर्वहारा अधिनायकत्वलार्ई स्वीकार गर्दछ  । दीर्घकालीन सशस्त्र सङ्घर्षको माध्यमबाट अन्तिम लक्ष्य समाजवाद र साम्यवादसम्म पुग्नेमा विश्वास गर्दछ  । यसबाट नेकपा (मसाल) सैद्धान्तिक रूपमा कुनै विचलन नभएको पार्टी भएको छर्लङ्ग हुन्छ  ।

    विश्व परिवेशको विश्लेषण
    अहिले संसारभरि साम्राज्यवादी बोलबाला छ  । माक्र्सवादको क्रान्तिकारी सिद्धान्त रक्षात्मक अवस्थामा छ  । यसलार्ई साम्राज्यवादीले मात्र होइन, कम्युनिस्ट आवरणमा लुकेर अवसरवादीले पनि चौतर्फी हमला गरिरहेका छन्  । यसरी नेकपा (मसाल) ले नयाँ जनवादी क्रान्तिका लागि आधार तयार पार्दै जाने र दीर्घकालीन रूपमा समाजवाद तथा साम्यवादमा पुग्ने कुरामा जोड दिइरहँदा विश्व परिवेशतर्फ पनि सबैको ध्यान आकर्षण गराउँदै क्रान्तिकारी सिद्धान्तको रक्षार्थ रक्षाकवच बन्नुपर्नेप्रति राजनीति अपनाएको छ  ।

    राष्ट्रिय राजनीतिमा दूरगामी विश्लेषण
    नेकपा (मसाल) दूरगामी राजनैतिक विश्लेषण तथा महत्त्वपूर्ण विश्व दृष्टिकोण बोकेको गौरवशाली पार्टी भएको कुरा प्रमाणित गर्न हामी धेरै पछाडि जानुपर्दैन, दुईचार विश्लेषण अगाडि सार्नु नै उपयुक्त हुने छ  ।

    २०४६ चैत २४ गते नेकपा (मसाल) सम्बद्ध राष्ट्रिय जनआन्दोलन संयोजन समितिले आयोजना गरेको ऐतिहासिक जनआन्दोलनबाट आत्तिएका राजा वीरेन्द्रले नेका र वाममोर्चालार्ई वार्तामा बोलाएपछि चैत २५ गते त्रिकोणीय सम्झौता गरियो  । सो सम्झौतालाई नेकपा (मसाल) ले ऐतिहासिक जनआन्दोलनसँग गरिएको धोका भन्यो र आन्दोलनलार्ई राजतन्त्रको सम्पूर्ण समाप्तिको दिशामा केन्द्रित गर्नुपर्ने धारणा राख्यो  । त्यसपछि २०४७ सालमा नयाँ संविधान बनाइयो  । नेकपा (मसाल) ले राजाबाट जनतामा सार्वभौमसत्ता ल्याउनुपर्ने दृढतासहित संविधान सभा चुनावको अडान लियो र तत्कालीन संविधानलार्ई कालो संविधान भन्यो  । विडम्बना ठुला भनाउँदा पार्टीहरू जनतालार्ई भ्रम दिएर सार्वभौमसत्ता जनतामा हस्तान्तरण भएको तर्क दिए  । जनतालाई आफू ठगिएको २०५८ सालको असोज १९ गते राजा ज्ञानेन्द्रले कार्यकारी अधिकारसमेत खोस्दा बल्ल थाहा भयो  ।

    त्यसैगरी, राष्ट्रिय महत्त्वको अर्को विषय नेपालको सन्दर्भमा सङ्घीयताको विरुद्ध नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाले दृढतापूर्वक सङ्घर्ष गरिरहेका छन्  । अन्तरिम संविधानमा समेत बहस गरी जनतालार्ई सङ्घीयताबारे राजनैतिक दलहरूले गुमराह पारेको भन्ने सन्देश दिँदै सडक र सदनबाट आन्दोलन गरिररहेको छ  । फेरि पनि जनतालार्ई ठुला दलले धोका दिइरहे  । अब जनता मात्र होइन, स्वयम् सङ्घीयता पक्षका दलका नेताबाटै सङ्घीयताको विरोध भइरहेको छ  । यहाँ राजनैतिक दलको अदूरदर्शिता छताछुल्ल भएको छ  ।

    त्यस्तै, नेकपा (मसाल) र राजमोले एम.सी.सी. इन्डो–प्यासिफिक स्ट्राटेजीको अङ्ग हो  । यसले देशको राष्ट्रियतामाथि दीर्घकालीन सङ्कट पैदा गर्ने हुँदा हरेक देशभक्तले एम.सी.सी. को विरोध गर्नुपर्ने कुरामा जोड दिँदै एकल व संयुक्त कार्यक्रममार्फत् सडक र सदनबाटै विरोध गरिरह्यो  । लामो विरोध र सङ्घर्षका बाबजुद यो विषयमा पनि ठुला भनाउँदा पार्टीका निर्णयले देशलार्ई विखण्डनको दिशातर्फ अघि बढाइरहेको अवस्थामा अहिले एसपिपी भिœयाएर देशलार्ई गृहयुद्धमा धकेल्ने र असफल राष्ट्र बनाउने साम्राज्यवादी योजनालार्ई थप बल पुगिरहेको अवस्था छ  ।

    यीबाहेक नागरिकता विधेयक पेस गर्ने, राष्ट्रघाती सन्धिसम्झौता गर्ने, देशका प्राकृतिक श्रोत, कलकारखाना बेचेर देशलार्ई कमजोर पार्ने तथा विभिन्न अनियमितता, भ्रष्टाचार, महङ्गीलगायत कैयन् राष्ट्रिय महत्त्व र जनसरोकारका विषयमा सङ्घर्ष गर्दै आइरहेको ओजपूर्ण इतिहास नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाको छ  ।

    उपर्युक्त सही र दूरगामी दृष्टिकोण तथा सङ्घर्षका बाबजुद पनि यी पार्टीहरू किन साना भऐत ? त्यसबारे सङ्क्षेपमा चर्चा गरौँ  ।

    पार्टीमा आर्थिकको कमी
    देशमा नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चा आर्थिक अवस्था कमजोर भएका पार्टी हुन्  । यो व्यवस्थामा भौतिक संरचना निर्माण, मर्मतदेखि होलटाइमर कार्यकर्तासम्मको रेखदेख, उपचार र सामान्य खानपानको व्यवस्था मिलाउन पार्टीको सीमित साधनश्रोतले निकै समस्या हुने गरेको छ  । यस्तो आर्थिक स्थिति कमजोर भएको पार्टीलार्ई विभिन्न ठुला कार्यक्रम बनाउँदासमेत आर्थिक समस्या झेल्नुपर्ने भएका कारणले पनि पार्टीको विकास विस्तारमा समस्या छ  । यहाँनिर हामी स्पष्ट हुन जरुरी छ, लाखौँकरोडौँ खर्च गरेर कार्यकर्ता खरिदने, जागिर, सरकारी सुविधा र विभिन्न प्रलोभन देखाएर जनता ठग्ने र देशको आर्थिक स्थिति झन् झन् कमजोर पार्ने राजनैतिक दलभन्दा राजमो तथा नेकपा (मसाल) ले ती सबै प्रकारका भ्रष्टाचार, अनियमितता विरुद्ध सङ्घर्ष गर्दै कमजोर धनका बाबजुद पनि सङ्घीयता, एम.सी.सी. लगायत राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डतासमेत विभिन्न प्रजातान्त्रिक आन्दोलनको भिषण मोर्चामा दिनरात खटिरहेको यथार्थताले नमोटाएको मसालको राजनैतिक उचाइ देशमा कैयन् गुणा बढी छ भन्ने देखिन्छ  ।

    सिद्धान्तप्रति दृढता
    देशमा नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चा सिद्धान्तप्रति यति दृढ छ, नीतिसिद्धान्त विरुद्ध जाने जोसुकैलार्ई (वर्षौं काम गरेका र नेतृत्व गरेकालार्ई पनि) कमजोरी गर्दा उचित प्रकारले आलोचना र दण्ड दिइन्छ  । यदि त्यसो गरिएन भने पार्टीको क्रान्तिकारी सिद्धान्तको रक्षा हुन सक्दैन  । त्यसकारण नीतिसिद्धान्तको रक्षाकवच बनिरहेको नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाको सैद्धान्तिक खुराकको उचाइमा तमाम सिद्धान्तविहीन पार्टी–सङ्गठन धेरै तल खसेका छन्  ।

    बेला बेलामा देखिने अवसरवाद
    क्रान्तिकारी सिद्धान्त बोकेका पार्टीलाई तोड्न र अगाडि बढ्न नदिन साम्राज्यवादी मात्र होइन, प्रतिक्रियावादी, संशोधनवादी र वाम खोलभित्रका विभिन्न अवसरवादीसमेतले तीन सय पैसट्ठी दिन, चौबिस घन्टा योजना बनाइरहन्छन्  । यसरी उनीहरू साम, दाम लगाएर पार्टी विरुद्ध दुष्प्रचार गर्ने र पार्टीलार्ई कमजोर पार्ने प्रयास गरिरहन्छन्  । यी सबैका बाबजुद सशक्त अनुशासनमा हुर्किएका नेता–कार्यकर्ताहरू तमाम अवसरवाद विरुद्ध प्रतिवादको क्षमताले खारिएको यथार्थ कसैबाट लुकेको छैन  ।

    माक्र्सवादी शिक्षा र सिद्धान्तको ज्ञान
    विज्ञान तथा प्रविधिले उचाइ छँुदै गइरहेको भए पनि हामी र हाम्रो समाजमा अध्ययन गर्ने र नीतिसिद्धान्तको राम्रो ज्ञान, अनुभव लिँदै सिद्धान्तलार्ई दह्रोसँग लागु गर्न नसक्दा वा आफैले धेरै जानेको, बुझेको स्वघोषित क्रान्तिकारी बन्ने प्रयासबाट आउने कतिपय कमजोरीले पार्टी विकास विस्तार गर्न अप्ठ्यारो अवस्था उत्पन्न हुन्छ  । पार्टी नेतृत्वमाथि आक्रमण गर्न गालीगलौजका शब्दवर्षा गर्ने, समानान्तर समिति बनाएर कार्यकर्ता, समर्थक, शुभचिन्तक र आम जनसमुदायलाई भ्रम पार्दै प्रतिक्रियावादीका अघोषित एजेन्ट जस्तै कहिले छद्म र कहिले खुल्ला आक्रमण गर्ने—यी सबै भ्रमजालको सामना मिलिट्यान्ट तथा जुझारु पार्टीका सिपाहीले पूरा गर्दछन्  । सबै प्रकारका छलकपट र भ्रम चिर्दै क्रान्तिकारी नीतिसिद्धान्तको रक्षार्थ एक ढिक्का हुँदै सङ्गठन सुदृढ तथा विकास विस्तारतर्फ लाग्नुलाई उनीहरू आफ्नो कर्तव्य सम्झन्छन्  ।

    यसरी दीर्घकालीन असर पार्ने गरी पार्टीले गर्ने हरेक निर्णयले नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चालाई कम्युनिस्ट क्रान्तिकारी नीतिसिद्धान्तको रक्षार्थ साम्राज्यवादी, पुनरुत्थानवादी, प्रतिक्रियावादी तथा सबै खाले अवसरवाद विरुद्ध निर्ममतापूर्वक सशक्त प्रतिवादसहितको सङ्घर्षले झन् झन् उचाइमा पुर्याइरहेको छ  । त्यसरी नै नमोटाएको मसालको राजनैतिक उचाइ दूरगामी दृष्टिकोणको कसीमा राख्दा नेपालका सबै दलभन्दा सर्वोत्कृष्ट स्थानमा रहेको यथार्थता प्रष्ट हुन्छ  । त्यसका साथै पार्टीको विकास तथा क्रान्ति र परिवर्तनको बाटो अप्ठ्यारो हुँदाहुँदै पनि असजिलो नभएको पुष्टि हुन्छ  ।

    आइतबार, असार १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जनजाति मुक्ति आन्दोलन
    भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.