दार्चुला । भारतले धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोल्ने भएको छ । धौलीगंगा जलविद्युत पावर स्टेसनले बिहीबार (असार १६ गते) विहान ५ बजेदेखि साँझ ८ बजेसम्म बाँधको ढोका खोल्न लागेको हो ।
Advertisement
ड्याम साइटमा ‘सिल्ट फ्लशिंग’ प्रयोजनका लागि बाँधको ढोका खोल्ने जानकारी आएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
धौलीगंगाको बाँध खुल्ने भएसँगै प्रशासनले महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
यता ‘नेपाल बाढी सूचना’ले बुधबार साँझ सूचना प्रकाशित गरी महाकाली जलाधारका केही स्थानमा आज राति भारी वर्षा भई नदीमा बहाव बढ्ने पूर्वानुमान रहेको र स्लाइट फ्लसिङ गर्दा एक्कासी बहाव बढ्न सक्ने भन्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।
