पोखरा। पटक पटक भैरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध युवा संघले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ।
Advertisement
आज (शुक्रबार) पोखरामा नेकपा एमालेको भातृ संगठन युवा संघका कार्यकर्ताले प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेका हुन् ।
पोखराको पृथ्वीचोकमा मसाल जुलुससहित नाराबाजी समेत गरेका थिए । शंख फुक्दै पेट्रोलियम पदार्थमा भएको चर्को मूल्यवृद्धि फिर्ता गर्न माग गरेका थिए ।