जनकपुरधाम । रामायण सर्किट जोड्ने ‘भारत गौरव पर्यटक रेल’ आज जनकपुरधाम आइपुगेको छ ।
Advertisement
धार्मिक सांस्कृतिक प्रवद्र्धनका लागि झण्डै ५ सय यात्रुसहितजनकपुरधाम आएका तीर्थालुलाई जनकपुर रेल्वे स्टेशनमा भव्य स्वागत गरिएको छ।
मंगलबार साँझ ७ बजे भारतको नयाँ दिल्लीबाट छुटेको सो रेल रामायण सर्किट हुँदै आज दिउँसो पौने २ बजे जनकपुरधामा आइपुगेको हो।
रेल चढेर आएका तीर्थालुलाई जनकपुर रेल्वे स्टेशनमा मुख्यमन्त्री लालबाबु राउत, उद्योग पर्यटन तथा वनमन्त्री सत्रुधन महतो, जानकी मन्दिरका सह महन्त रामरोशन दास वैष्णव लगायत विभिन्न संघसंस्थमले भव्य स्वागत गरेका छन् ।
तीर्थयात्रीले भोलि जनकपुरको राममन्दिर, धनुषाधाम मन्दिर लगायतका धार्मिक सम्पदाको अवलोकन गरेपश्चात यहाँबाट भारत बिहारको सीतामढी उनीहरु बस चढेर प्रस्थान गर्ने छन् ।