काठमाडौं । सुन्दरी प्रतियोगिताका नाममा बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेलाई थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले अदालतले आदेश दिएको छ ।
Advertisement
सुन्दरी प्रतियोगितामा सहभागी एक किशोरीको उजुरीपछि पक्राउ परेका मनोज पाण्डेविरुद्ध दुईवटा अभियोगमा मुद्दा दर्ता गरिएको थियो ।
पाण्डेविरुद्ध यौन दुर्व्यवहार र मानव बेचविखन दुईवटा अभियोगमा मुद्दा दर्ता गरिएको हो । पाण्डेलाई मानव बेचविखनको मुद्दामा डिल्लिबजार कारागार चलान गरिएको छ ।
यस्तै, बाल यौन दुर्व्यवहारको मुद्दामा एक लाख रुपैयाँ धरौटी माग गरेको छ। अभियोग प्रमाणित भए पाण्डेलाई अदालतले १५ वर्ष कैद सजाय सुनाउन सक्छ ।