जनकपुरधाम । जनकपुरका विभिन्न स्थानमा बम भेटिएपछि जनजीवन त्रसित बनेको छ । दुई दिन अघि धनुषाको महेन्द्रनगरमा बम विस्फोठबाट प्रहरी निरीक्षकसहित तीन जनाको मृत्यु भएको घटना सेलाउन नपाउँदै ठाउँ ठाउँमा बम भेटिएको हो ।
Advertisement
धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ मा आइतबार राति भेटिएको बम सेनाले सोमबार बिहान निष्क्रिय पारेलगत्तै नजिकै अर्को शंकास्पद वस्तु फेला परेको छ । नेपाली सेनाको बम डिस्फोजल टोलीले बम निस्क्रिय पार्ने प्रयास गरिरहेको छ ।
यसअघि संकमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटोछेउमा आइतबार राति ९ बजे बम भेटिएको थियो । जसलाई सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको थियो ।
दुई दिनअघि धनुषा महेन्द्रनगरमा बम विस्फोट हुँदा प्रहरी निरीक्षकसहित तीन जनाको मृत्यु भएको थियो भने चार जना घाइते भएका थिए ।
