बुटवल । राष्ट्रिय जनमोर्चाको आयोजनामा रुपन्देहीको तिलोत्तमा नगर स्तरीय चुनावी समीक्षा भेला सम्पन्न भएको छ । रुकबहादुर पराजुलीको अध्यक्षतामा २०७९ असार ४ गते सम्पन्न भएको हो ।
समीक्षा भेलामा नगरपालिकाका विभिन्न वडाबाट हालै सम्पन्न स्थानीय चुनावका उम्मेदवार तथा वडा प्रतिनिधिले चुनावी द्वौरानमा सामना गर्नुपरेका समस्या तथा चुनावका सकारात्मक नकारात्मक अनुभवको समीक्षात्मक टिप्पणीहरू प्रस्तुत गर्नुभयो । चुनावका द्वौरान पार्टीको सङ्गठनात्मक कमजोरीका कारण सोचेजति परिणाम हात लाग्न नसकेकोमा सबैको सहमति रहेको थियो ।
भेलामा उठेका विभिन्न जिज्ञासाको जवाफ वामपन्थी नेता चेतनाथ आचार्यले दिनुभएको थियो । जिज्ञासाको जवाफ दिँदै आचार्यले भन्नुभयो– ‘सोचे जस्तो परिणाम प्राप्त गर्न सङ्गठनात्मक अवस्था मजबुत हुनुपर्ने, निरन्तर जनतामाझ काम गर्नुपर्ने, जनताको समस्याप्रति जवाफदेही हुनुपर्छ ।’
भेलामा राजमोका जिल्ला सचिव टानबहादुर केसी, तिलोत्तमा नगर समितिका सल्लाहकार शिवराम घिमिरे, अखिल नेपाल शिक्षक सङ्घ केन्द्रीय सदस्य विनोद बोहोरालगायतले समसामयिक विषयमा बोलानुभएको थियो ।
भेलाको दयानिधि पौडेलले गर्नुभएको थियो । एकमिनेट मौनधारणबाट सुरु भएको कार्यक्रममा स्वागत नगर समिति उपाध्यक्ष हर्कबहादुर टन्डनले गर्नुभयो ।