खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सल्लाहकार एवं सुदूरपश्चिमोत्तर क्षेत्रीय सदस्य जितमान थापालाई मातृशोक परेको छ । उहाँकी आमा मेनुका सारुको ८८ वर्षको उमेरमा बुधबार निधन भएको छ।
Advertisement
लामो समयदेखि अस्वस्थ रहनुभएका मेनुका सारुको आफ्नै निवास अर्घाखाँचीको पाणिनी गाउँपालिका– ६ धातिवाङ गाउँ बाढुङ्गामा निधन भएको हो ।
उहाँको निधनप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिमोत्तर क्षेत्रीय समितिले श्रद्धाञ्जली अर्पित गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ ।