• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

संघीय संरचना ओइरो बिनाको जाँतो : पियारी थापा


  •   आइतबार, जेठ २९, २०७९ मा प्रकाशित
  • पोखरा । गण्डकी प्रदेशका सांसद पियारी थापाले संघीयतालाई ‘ओइरो बिनाको जाँतो’ को संज्ञा दिनुभएको छ ।

    Advertisement

    आइतबार गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि पार्टीकोृ तर्फबाट धारणा राख्दै राष्ट्रिय जनमोर्चाका सांसद थापाले संघीयताका कारण विकास खर्च कटौती गर्नुपरेको बताउनुभयो ।

    ‘संघीय संरचना आज ओइरो बिनाको जाँतो झैँ भैरहेको छ । घुम्न त घुमिरहेको छ, तर यसको असर मेरुदण्ड मानिएको मानि खिएको छ । मानि खिइनुको अर्थ यो हो जाँतो घुम्दैन’ थापाले भन्नुभयो, ‘मतलब यो हो कि संरचनालाई थेगाउने अर्थतन्त्र खिएको छ । आज चालुगत खर्च अत्याधिक रुपमा वढेको छ । यसको प्रत्यक्ष असर पुँजीगत खर्च माथि परेको छ ।’

    सांसद थापाले संघीय संरचनाको प्रयोगबाट प्राप्त दुस्परिणाम सबैसामु छर्लंङ भइसकेकोले संघीयताको भारी त्याग्न आग्रह गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘ओइरो हाल्न त आत्मनिर्भर अर्थतन्त्र हुनुपर्यो । आन्तरिक राजस्वमा बृद्वि हुनुपर्यो । चालु खर्च कटौती गर्नु पर्यो र पुँजगत खर्चमा वृद्वि हुनुपर्यो । आजको अवस्था कस्तो छ ? यि सबै विषयमा हेरौँ त हामी कहाँ छौं ? हाम्रो चालु खर्च अत्यन्तै बढी छ । आन्तरिक राजश्व कम छ । त्यसकारण संघीय संरचना त्याग्न सबै दललाई अनुरोध गर्दछु ।’

    सांसद थापाले शिक्षा र शिक्षा प्रणालीमा रुपान्तरण आवश्यक रहेको औँल्याउनुभयो । शिक्षा जीवनपद्धतीसँग जोडिनुपर्ने भन्दै शिक्षालाई महंगो र जीवनपद्धती बाहिरको बनाइएको बताउनुभयो ।

    ‘घोकन्ते विद्य जिवन पर्यन्त हुनै सक्दैन । जवरजस्ती शिक्षालाई निजीकरणको चंगुलमा राज्यले नै धकलिदिएको छ ।

    देशको आवश्यकता अनुरुपको शिक्षा प्रणाली लागू हुन सकेको छैन’ थापाले भन्नुभयो, ‘त्यहि अनुरुपमा पाठ्यक्रम निर्धारण, शिक्षण प्रणालीमा सुधार जिवन्त बनाउन अहिलेको प्रणालीलाई बजारमा प्रतिस्पर्धा गर्न सक्ने, जिवन पर्यन्त बनाउने नीति आवश्यक छ ।’

    उहाँले विपन्न विद्यार्थीलाई उचित पोषण र पोषाक वितरण गर्न, किसानलाई समयमै मल बिउ उपलब्ध गराउन, स्वास्थ्य सेवा निशुल्क र स्वास्थ्य शिक्षा शुलभ बनाउन पनि माग गर्नुभयो ।

    सांसद थापाले कृषि क्षेत्रमा व्यापक सुधारको आवश्यकता औँल्याउनुभयो । ।

    उहाँले भन्नुभयो, ‘प्रथमतः सामन्त पुँजीपतिहरुको स्वामित्वमा रहेको हदभन्दा बढी जग्गाको स्वामित्व सरकारले लिनु पर्ने तथा वास्तविक भूमिहीन सुकुम्वासी किसानहरुलाई वितरणको अभियान नीति तथा कार्यक्रमको प्राथमिकतामा परेको छैन । सामन्तहरुको स्वामित्वमा रहेको जमिन अधिग्रहण गर्न वास्तविक खेत जोत्ने खन्ने वर्गको स्वामित्वमा भूमि हुनु पर्छ । यसको पहलका लागि प्रदेश सरकारको ध्यान जानु आवस्यक छ ।’

    आइतबार, जेठ २९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.