विराटनगर । सरकारले ल्याएको बजेटले सयौं उद्योग बन्द हुने भन्दै विराटनगरका उद्योगी व्यवसायी सडकमा उत्रिएका छन् ।
Advertisement
उद्योग संगठन मोरङ, मोरंङ व्यापार संघ र उद्योग परिसंघले स्यानिटरी प्याड, वनस्पति तेल र स्टिल उद्योग सरकारको बजेट नीतिका कारण बन्द हुने अवस्थामा पुगेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।
उद्योगी व्यावसायीले बुधबार संयुक्त पत्रकार सम्मेलन गरी सरकारको नीतिविरुद्ध सडक अवरोधको घोषणा गरेका थिए । तर उनीहरुले चक्का जामको कार्यक्रम फिर्ता लिँदै संयुक्त जुलुस प्रदर्शन गरेका छन् ।
आगामी आर्थिक वर्षको बजेटले तीन थरीका उद्योगलाई धराशायी बनाउन खोजेको आरोप लगाउँदै उद्योगीले गरेको प्रदर्शनमा कामदार तथा मजदुरहरूले साथ दिएका छन् ।
मोरङ व्यापार संघले आयोजना गरेको विरोध कार्यक्रममा उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघले साथ दिएका छन् ।