काठमाडौं । युक्रेन र रुसले सैनिकका ५० शव साटासाट गरेका छन्। युद्धरत मुलुकबीच यस्तो लेनदेन भएको युक्रेनले पुष्टि गरेको छ।
Advertisement
दक्षिणपूर्वी युक्रेनको जापोरिजा क्षेत्रमा ५० रुसी सैनिकको शव दिएर रुसी पक्षबाट ५० युक्रेनी सैनिकको शव लिएको युक्रेनले बताएको छ।
त्यसरी लिइएकामध्ये ३७ जना मारिओपोलको स्टिल कारखानामा मारिएका ३७ युक्रेनी सैनिकको शव पनि रहेको युक्रेनले जनाएको छ।
यस्तो लेनदेन अझै जारी रहने युक्रेनको भनाइ छ। पछिल्लो समय सेभेरोदोनेस्क सहर र त्यसआसपास भीषण लडाइँ भइरहेको छ। हालसम्म मृत्यु भएका सैनिकको तथ्यांक दुवै पक्षले लुकाएका छन्। एजेन्सी