• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राष्ट्रिय सभा सांसदहरू भन्छन् : असंलग्न परराष्ट्र नीतिमा सरकार अडिग होस्


  •   बुधबार, जेठ २५, २०७९ मा प्रकाशित
  • कामठमाडौं । राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले नेपालको असंलग्न परराष्ट्र नीतिमा अडिग रहनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

    Advertisement

    बुधवार राष्ट्रिय सभामा बोल्दै सांसद देवले सरकार फेरिने बित्तिकै परराष्ट्र नीति परिवर्तन हुने कुरा नेपालमा हुनुनहुने बताउनु भयो । उहाँले अहिले विश्वको राजनीति र कुटनीति चुनौतीपूर्ण, खतरनाक अवस्थामा रहेको भन्दै नेपाल यसबारेमा सजग छ वा छैन भन्ने प्रश्न गर्नुभयो ।

    सांसद देवले नेपालले अन्तर्राष्ट्रिय कुटनीतिको बारेमा विशेष विश्लेषण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले रुस–युक्रेन युद्ध र ताईवान आसपासका क्षेत्रमा भइरहेको चलखेलले नेपालमा पनि असर पर्नसक्ने भन्दै त्यसतर्फ सचेत रहेर काम अघि बढाउनु पर्ने बताउनु भयो ।

    सांसद देवले भन्नुभयो, ‘विश्वको आजको जुन परिस्थिति छ, नेपालजस्तो सानो पछौटे र गरिबी मुलुक, सानो मुलुकको लागि अत्यन्त चुनौतीपूर्ण, खतरनाक छ । विश्वको राजनीति र कुटनीति आज चुनौतीपूर्ण तरिकाले अघि बढीरहेको अवस्था मैले देखिरहेको छु । यस्तो अवस्थामा समग्रमा नेपाल सरकार विशिष्टतामा परराष्ट्र मन्त्रालयले म आशा, विश्वास गर्दछु, अहिलेको समग्ररुपमा अन्तर्राष्ट्रिय राजनीति र कुटनीति जुन ढंगले अघि बढेको छ, त्यसको वृहत व्याख्या विश्लेषण भइराखेको होला भन्ने ठान्दछु । रसिया र युक्रेनको युद्धले युरोप र नेपालको पश्चिमतिर नयाँ परिस्थिति जन्माइरहेको अवस्था छ । रुस र युक्रेनको द्वन्द्व डोनवास क्षेत्रसँग मात्रै रहने हो कि, त्यो भन्दा पश्चिम किबसम्म जाने हो, झनै फैलिएर पश्चिम युरोपतिर जान्छ, हेर्नै बाँकी छ । यो युद्धले आर्थिक शंकट मात्रै होइन, धेरै ठूलो राजनीतिक र कुटनीतिक चुनौति विश्वसामु आइपरेको छ । अर्को चाइना सी, ताईवान आसपासका क्षेत्रमा पनि अर्को चुनौति देखिरहेको छ । यसले कुन बेला कस्तो स्थिति ल्याउँछ थाहा छैन । म आग्रह गर्न चाहन्छु, यो सामान्य कुरा होइन, त्यसकारण नेपाल सरकार र परराष्ट्र मन्त्रालय यो विषयमा विश्लेषण गरिरहेको होला । नेपालको असंलग्न परराष्ट्र नीतिमा अडिग रहनुपर्छ । सरकार आउने बित्तिकै फोरेन पोलेसी परिवर्तन हुने कुरा नेपालमा हुनुहुँदैन ।’

    त्यस्तै राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले देशमा अर्थमन्त्री र प्रधानमन्त्रीलाई नै पत्याउन गाह्रो परेको बताउनु भयो । उहाँले सदनमा उभिएर गरेका वाचा हप्तादिनभित्रै बिर्सिन थालेको भन्दै अर्थमन्त्री जनार्दन शर्माको ध्यानाकर्षण गराउनु भयो । उहाँले देशमा उत्पादन घट्ने आँकलन गरिरहेका बेला सरकारले झनै मलखाद र बीउको पूर्ति गर्न नसकेर किसानलाई चिन्तित तुल्याएको बताउनु भयो । उहाँले कृषिमन्त्रीले मलखाद किसानलाई समयमै उपलब्ध गराउन नसकेको बारेमा सदनलाई जवाफ दिनुपर्ने माग गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘अस्ति भर्खर यही टेबुलमा उभिएर अर्थमन्त्रीज्यूले भन्नुभयो, यो पटक मलको लागि पैसा पर्याप्त छुट्याइएको छ, किसानलाई कुनै चिन्ता छैन, मल आउँदैछ भन्नुभएको थियो । देशको अर्थमन्त्री बोलेपछि पत्याउनु प¥यो कि परेन ? यो देशमा अर्थमन्त्री, प्रधानमन्त्रीलाई पत्याउन नसकिने स्थिति भयो । तर आज पनि समस्या जस्तोको त्यस्तै छ । आज मलको हाहाकार छ, असरा लाग्न थालिसक्यो । यो किसानका लागि पीडाको विषय हो । प्रधानमन्त्रीज्यूले यस बारेमा के सौच्दै हुनुहुन्छ ? किसानलाई आजको लागि चाहिने कुरा भनेको मल हो । बीउ हो । यसतर्फ सरकारको ध्यान गएको छैन । म यहाँ कृषिमन्त्रीको जवाफ चाहन्छु । यहाँ आएर कम्तिमा पनि भन्नुपर्छ नि, कहिलेसम्म किसानले मदखाद पाउँछन् भनेर ? आधिकारिक ठाउँबाट मल नपाएर कृषकले बोरामा अलिकति मलखाद, बीउ ल्याउँदा जनतालाई सताइएको छ । पुलिसले दुःखको समाधान खोज्ने किसानलाई सास्ती दिइरहेको छ, गृहमन्त्रीजी के गर्दैहुनुहुन्छ ।’

    त्यस्तै राष्ट्रिय सभा सदस्य सुरेश आलेमगरले लागुपदार्थ दुव्र्यसनको समस्या नेपालमा विकराल बन्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले देशमा १ लाख २५ हजार दुव्र्यसनीमा फसेका र अनौपचारिक रुपमा झन्डै ५ लाख व्यक्तिहरु लागुपदार्थ दुव्र्यसनमा रहेको र देशभर भएका कारागारमा २१ प्रतिशत कैदीबन्दी लागुपदार्थका कारोबारीहरु वा दुव्र्यसनीहरु रहेको बताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘लागुपदार्थ दुव्र्यसनको समस्या नेपालमा विकराल छ । यो समस्या संसारभर नै छ । आफूलाई लोकतन्त्रको ठेकेदार ठान्ने देशमा त झनै बढी छ । यो समस्याले करिव देशमा १ लाख २५ हजार दुव्र्यसनी छन् । यो औपचारिक आँकडा जस्तै हो तर अनौपचारिक आँकडाअनुसार झन्डै ५ लाख व्यक्तिहरु लागुपदार्थ दुव्र्यसनमा छन् । विशेष गरेर युवाहरु यस समस्यामा देखिएका छन् । २० देखि २९ वर्षका युवाहरु यसमा धेरै पाइएको छ । देशका विभिन्न ठाउँमा रहेका कैदीबन्दीमध्ये २१ प्रतिशत कैदीबन्दी लागुपदार्थका कारोबारीहरुको वा दुव्र्यसनीहरुको रहेको छ । यो समस्या समाधानका लागि देशले ठूलो ध्यान दिनुपर्नेछ । रिहाब सेन्टर बनाएर यसलाई नीतिको दायरामा ल्यानुपर्छ ।’

    राष्ट्रिय सभा सदस्य आलेमगरले २० देखि २९ वर्षका युवाहरु लागुपदार्थ दुव्र्यसनीमा धेरै रहेको उल्लेख गर्दै यो समस्या समाधानका लागि देशले विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।

     

    बुधबार, जेठ २५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.