काठमाडौं । काठमाडौंको नागढुंगाबाट करिब ४ करोड रूपैयाँसहित चार जना चिनियाँ र एक नेपाली पक्राउ परेका छन् ।
Advertisement
उनीहरुको साथमा ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ बरामद भएको काठमाडौं परिसरले जनाएको छ ।
नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५७१० नम्बरको कारमा उक्त रकमसहित फेला पारेको हो। कारको डिकीमा बोरामा लुकाएर ल्याएको अवस्थामा रकम बरामद भएको हो।
पक्राउ परेका नेपाली नुवाकोटको बिदुर नगरपालिका ८ का फुलबहादुर गुरुङ हुन् । उनी कार चालक हुन् ।