• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

पौडेलको प्रश्न : युवाशक्ति विदेश पलायन हुने र बाकसमा फर्कनुपर्ने अवस्था कहिलेसम्म ?


  •   सोमबार, जेठ २३, २०७९ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् सांसद दुर्गा पौडेलले युवालाई देशभित्रै रोजगारी दिने नीति ल्याउन सरकारसँग माग गर्नुभएको छ ।

    Advertisement

    सोमबार संसदमा बजेटमाथिको दफाबार छलफलमा बोल्दै सांसद पौडेलले युवाका लागि ठोस कार्यक्रम नल्याएको भन्दै सरकारको आलोचना गर्नुभयो ।

    ‘युवाहरुको अवस्था अत्यन्त दयनीय छ । युवा भनेको देशको मेरुदन्ड हो । देशको मुहार फेर्ने भनेकै युवा शक्ति हो तर त्यहि युवा शक्तिको अवस्था एकदमै धरातलमा छ । ठूलो पैमानामा युवा शक्ति विदेशीन विवश छन्’ पौडेलले भन्नुभयो, ‘स्वदेशमा रहेका युवा शक्तिहरुको लागि पनि कुनै प्रकारको योजना छैन । खेलकुद, राजगारी, शिक्षा लगायत कुनै खालको योजना छैन युवा तथा खेल्कुद मन्त्रालयको । युवाहरुको ठोस कार्यक्रम नएको कारण कैयौं युवा लागु पदार्थ सेवनमा फसेका छन् घरबार विहीन अवस्थामा छन् ।’

    पौडेलले युवाहरुको लागि ठोस योजना ल्याउनको लागि मन्त्रालयले तत्कालीन र दृर्घकालीरुपमा सोच्नुपर्ने बताउनुभयो । उहाँले युवाशक्ति विदेश पलायन हुनुपर्ने र बाकसमा फर्कनुपर्ने स्थिती कहिलेसम्म रहन्छ भन्ने प्रश्न पनि गर्नुभयो ।

    ‘गाउँघरमा हेर्ने हो भने लास लैजानको लागि पनि युवा भेटिँदैनन् घरमा बुढा बुढीमात्र भेटिन्छन् । त्यसैले युवा शक्तिलाई देशमै रोक्नको लागि ठोस् योजना बनाउन जरुरि छ’ पौडेलले भन्नुभयो, ‘ठूलो मात्रामा युवा विदेश जाने र बाकसमा लास बनेर आउने क्रम बढ्दै गएको छ ।’

    यस्तै, उहाँले महिला, बालबालिका तथा जेष्ठ नागरिकहरुको लागि पनि सरकारले खेल्नुपर्ने भूमिका नखेलेको गुनासो गर्नुभयो । बालाबालिकामाथि हुने हिंसासम्बन्धी ठोस कार्यक्रम आउन नसकेको उहाँले बताउनुभयो ।

    यस्तै, बेसहारा महिला, जेष्ठ नागरिकको अवस्था दयनीय छ भन्दै जेष्ठ नागरिकहरुको संरक्षणको लागि ठोस कार्यक्रम नआएको हुनाले १ सय रुपैयाँ खर्च कटौती गरिपाउँ भनेर संशोधन प्रस्ताव राखेको जानकारी दिनुभयो । उहाँले युवा तथा खेलकुद मन्त्रालयमा पनि १ सय रुपैयाँ खर्च कटौतीको प्रस्ताव राख्नुभयो ।

    सांसद पौडेलले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको कार्यक्रमबारे बोल्दै मन्त्रालयले आफ्नो उद्धेश्यभन्दा उल्टो काम गरिरहेको आरोप लगाउनुभयो ।

    पौडेलले भन्नुभयो, ‘चकालाबन्दीलाई कसरी रोक्ने, उत्पादनमूलक जग्गा मरभूमि जस्तो बसिराखेको अबस्था छ । त्यसलाई कार्यान्वयन गर्नको लागि जुन मेहनतकस वर्गको हातमा भूमि दिनको लागि हद भन्दा बढि भएको भूमिलाई अधिग्रहण गर्ने र मेहनत गर्ने किसानलाई उत्पादनमा प्रोत्साहित गरेर लैजाने । त्यसको लागि ठोस कार्यक्रम आएको देखिँदैन त्यसरी जानको लागि दृर्घकालीन योजना बनाउन आजको आवस्यकता हो ।’ उहाँले भन्नुभयो, ‘

    उहाँले थप्नुभयो, ‘जुन प्रकारको मन्त्रालयको नामाकरण गरेर बनाएको अधिकारलाई संरक्षण गर्नको लागि ऐन बनाएको हो, त्यो लागू गरेको अवस्था छैन । त्यसले गर्दा अहिले खेतीयोग्य जमीन बाँझो पल्टेको अवस्था छ । खाद्यान्नको अभाव सृर्जना हुदै गएको अवस्था छ । जुन प्रकारको व्यवस्थापन हुनु पर्ने हो त्यो नभएको हुनाले यो मन्त्रालयलाई पनि १ सय रुपैयाँ खर्च कटौती गर्नको लागि प्रस्ताव पेश गर्दछु ।’

    सोमबार, जेठ २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.